पर्यटकको पहिलो रोजाइमा सिस्नुका परिकार | Khabarhub Khabarhub

पर्यटकको पहिलो रोजाइमा सिस्नुका परिकार


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटको खाँडाचक्र नगरपालिका–७ पिलीमा सञ्चालित कर्णाली सामुदायिक घरवास ‘होमस्टे’मा आउने पर्यटकका लागि स्थानीय सिस्नुका परिकारहरु पहिलो रोजाइ बन्ने गरेका छन् । यसका परिकार स्वादिलो हुने भएकाले माग समेत बढेको छ ।

होमस्टेमा आउनेले सबैभन्दा बढी स्थानीय परिकार नै बढी खोज्ने गरेका छन् । सिस्नु, कोदो, मकै र रातो चामलको परिकार बढी खोज्ने गरेको होमस्टे सञ्चालक पुत्रबहादुर मल्लले जानकारी दिए । ‘यहाँ आउने स्वदेशी तथा विदेशीले स्थानीय खाना बढी खोज्ने गरेका छन्,’ उनले भने, ‘सिस्नु पहिलो रोजाइमा पर्ने गरेको छ ।’

होमस्टेमा आउनेमा बढी स्वदेशी हुने गरेको उनीहरुले प्रायःजसोले सिस्नोको स्वाद लिने र फर्किदा सिस्नुको पीठो लैजाने गरेको सञ्चालक मल्लले बताए । ‘यहाँ आउने प्रायः नेपाली पर्यटक बढी हुने गरेका छन्,’ उनले भने, ‘स्थानीय सिस्नुको स्वाद चाख्छन् र सिस्नु पीठो घरमा पनि लैजान्छन् ।’

यहाँ आउने विदेशी पर्यटकले इन्टरनेटको माग बढी गर्ने गरेका छन् । सो सुविधा नभएकोले यहाँ आउने विदेशीले लामो समयसम्म बस्न नमान्ने वडाध्यक्ष रजबहादुर मल्लले जानकारी दिए । ‘होमस्टेमा विदेशी पर्यटक पनि आउँछन्,’ उनले भने, ‘विदेशी इन्टरनेटको माग बढी गर्छन् । यहाँ इन्टरनेट नहुँदा धेरै बस्न मान्दैनन् ।’

होमस्टे सञ्चालक पुत्रबहादुर मल्लले भने, ‘नेपाली पर्यटकले इन्टरनेटको खासै माग गर्दैनन् । मोबाइल फोन पनि राम्रो काम नगर्ने गाउँमा विदेशी पर्यटकहरुले इन्टरनेटको माग बढी गर्छन् ।’

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ३ : ३७ बजे

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक