रेड पाण्डाको छाला सहित चार जना पक्राउ « Khabarhub

रेड पाण्डाको छाला सहित चार जना पक्राउ


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले काठमाण्डौंको कपन खरिबोटबाट दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ ।

अबैध रुपमा ओसारपसार गरी ल्याई बिक्री गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले सूर्यबहादुर भुजेललगायत चार जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार काठमाण्डौं बुढानिलकण्ठ न.पा. वडा नं १२ कपन खरिबोट सुर्य बहादुर भुजेल, सुक बहादुर लामा, कमला तामाङ र युबराज सापकोटालाई पक्राउ गरेको हो ।

उनीहरुलाई खानतलासी गर्ने क्रममा सुर्य बहादुर भुजेलले बोकेको झोलामा दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला थान १ फेला पारेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तीसार काठमाण्डौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ४ : १८ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि