रेड पाण्डाको छाला सहित चार जना पक्राउ « Khabarhub

रेड पाण्डाको छाला सहित चार जना पक्राउ


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले काठमाण्डौंको कपन खरिबोटबाट दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ ।

अबैध रुपमा ओसारपसार गरी ल्याई बिक्री गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले सूर्यबहादुर भुजेललगायत चार जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार काठमाण्डौं बुढानिलकण्ठ न.पा. वडा नं १२ कपन खरिबोट सुर्य बहादुर भुजेल, सुक बहादुर लामा, कमला तामाङ र युबराज सापकोटालाई पक्राउ गरेको हो ।

उनीहरुलाई खानतलासी गर्ने क्रममा सुर्य बहादुर भुजेलले बोकेको झोलामा दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला थान १ फेला पारेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तीसार काठमाण्डौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ४ : १८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै