विश्व ११ विरुद्ध एसिया ११ बाट नेपालका सन्दीप लामिछानेले खेल्ने « Khabarhub

विश्व ११ विरुद्ध एसिया ११ बाट नेपालका सन्दीप लामिछानेले खेल्ने


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशमा हुने टी–ट्वान्टी खेलका लागि एसिया–११ को टिममा नेपालका सन्दीप लामिछानेले स्थान बनाएका छन् ।

वर्ल्ड–११ क्रिकेट टोलीसँग ढाँकामा मार्च १८ र २१ मा हुने खेलका लागि बंगलादेश क्रिकेट बोर्डले एसिया ११ को घोषणा गरेको हो ।
बंगलादेश क्रिकेट बोर्डले १४ सदस्यीय टोलीको नामको नामावलि सार्वजनिक गरेको हो ।

उक्त १४ जनाको सुचिमा नेपालका लेग स्पीनर सन्दीप लामिछानेले स्थान बनाएका हुन् । उक्त टोलीमा भारतका कप्तान विारट कोहलीसमेत रहेका छन् ।

एसिया ११ मा भारतबाट ६ जना खेलाडी रहेका छन् भने बाँकी ८ जना अन्य देशबाट रहेका छन् ।

टोलीमा सन्दीपसंगै विराट कोहली, केएल राहुल, रिसब पन्त, कुलदिप यादब, शिखर धवन, तामिम इकबाल, लिण्टन दास, मुस्फिकर रहमान छन् । यस्तै, तिसरा फरेरा, राशिद खान, मुस्ताफिजुर रहमान, लासित मालिंगा, मोहमद शामी र मुजिब उर रहमान छन् ।

भारतका कप्तान कोहली र केएल राहुलले दूई खेल मध्य मात्र एक खेल खेल्ने छन् ।

विश्व ११ को टोली

एलेक्स हल्स, क्रिस गेल, फाफ डु प्लेसिस, निकोलास पुरान, रोस लेलर, जोनी बेरिस्टो, किरन पोलार्ड, अदिल राशिद, सेल्डोन कोट्लर, लुङ्गी निग्डी, आन्द्यु टाइ, मिचेल म्याकक्लिनगान

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ४ : ३० बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन