काभ्रेमा सुत्केरी र गर्भवतीलाई अण्डा र घ्यू अभियान शुरु « Khabarhub

काभ्रेमा सुत्केरी र गर्भवतीलाई अण्डा र घ्यू अभियान शुरु


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- पाँचखाल नगरपलिका–८ ले मातृशिशु पोषण कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरी महिलालाई अण्डा र घ्यू वितरण गर्ने अभियान शुरु गरेको छ ।

मातृशिशुको पोषण सुरक्षाका लागि हरेक गर्भवती महिलालाई एक क्रेट अण्डा र आधा किलो घ्यू उपहार दिन थालेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष सञ्जय तामाङले बताए । उनका अनुसार गर्भवती महिला र शिशु भएका महिलालाई मासिक एक क्रेट अण्डा र आधा केजी घ्यू वितरण गर्न शुरु गरिएको छ ।

“अभियानको पहिलो दिन १४ जना गर्भवती महिलालाई सो सामग्री वितरण गर्‍यौँ”, वडाध्यक्ष तामाङले भने, “गर्भवती भएर स्वास्थ्य संस्थामा जाँच गराएको विवरण संकलन गरी त्यसका आधारमा वितरण प्रक्रिया थालनी गरेका छौँ ।”

गर्भवती भएर स्वास्थ्य संस्थामा जाँच गराउन थालेदेखि सुनौलो हजार दिन सम्मका महिलालाई वडाले अण्डा र घ्यू उपहार दिने अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

त्यससँगै सुत्केरी पछिका दिनमा पनि बच्चा र आमालाई एक सेट कपडाका साथै खाना थालेपछि सर्वोत्तम पीठोको समेत व्यवस्था गर्ने अभियानमा रहेको उनले बताए ।

सुनौलो हजार दिनसम्म गर्नुपर्ने सबै प्रकारका सहयोगका लागि वडा कार्यालयले आवश्यक सहयोग गर्ने अभियान शुरु गरिने वडाध्यक्ष तामाङको भनाइ छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १० : ३० बजे

नायक प्रवीणलाई एकल फिचर्ड गरी ‘शिवांंश’को टिजर सार्वजनिक

काठमाडौं – नायक प्रवीण खतिवडा शीर्ष भूमिकामा रहेको फिल्म ‘शिवांश’को

रूकुम पूर्व र दैलेखबाट भरूवा बन्दुक बरामद

काठमाडौं– रूकुम पूर्वको सिस्ने गाउँपालिका-६ साग्रेखोलाबाट भरूवा बन्दुक १ थान र

बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा यहुदीविरोधीमाथि राष्ट्रिय छानबिन

एजेन्सी– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बोन्डी बिचमा आयोजित यहुदी धार्मिक

बालेनले लौरो चुनाव चिह्न ‘अपहरण’ गरेर रास्वपामा बुझाएको आरोप

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘लौरो’ चुनाव चिह्नलाई अपहरण

तारकेश्वरबाट ५ लाख ५३ हजार रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– तारकेश्वर नगरपालिका-७ जयन्तिपुर सुन्दर बस्ती डेरा गरी बस्ने धादिङ नेत्रावती गाउँपालिका-१