फेवा तालमा डुंगा डुब्दा हराएका लुइँटेल मृत फेला | Khabarhub Khabarhub

फेवा तालमा डुंगा डुब्दा हराएका लुइँटेल मृत फेला


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखराको फेवातालमा सोमबार डुंगा डुब्दा बेपत्ता भएका काठमाडौं १० कपनका सुमित भन्ने रामशरण लुइँटेल मृत अवस्थामा फेला परेका छन्।

गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिएका उद्धार टोलीले खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो रामशरणको शव फेला पारेको प्रदेश प्रहरी कार्यालयका पोखराका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए।

रामशरणसँगै डुंगामा सवार काठमाडौं १० कपनकै २७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रुपेश अधिकारीको भने प्रहरीले सकुशल उद्धार गरेको थियो।

काठमाडौंबाट पोखरा घुम्न गएका युवाहरुले आफैं चलाउने भन्दै फेवातालमा डुंगा लगेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ७ : ०२ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।