बलिउड गायिका कनिकाको दोस्रो परीक्षणमा पनि देखियो कोरोना  « Khabarhub

बलिउड गायिका कनिकाको दोस्रो परीक्षणमा पनि देखियो कोरोना 


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बलिउड चर्चित गायिका कनिका कपुरलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । पहिलो पटकको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएपछि उनलाई आइसोलेसनमा राखिएको थयो ।

पुनः केही दिनपछि दोस्रो पटकको कोरोना परीक्षणमा पनि रिपोर्ट पोजेटिभ देखिएको हो । यसअघि गत साता उनको स्वास्थ्य परीक्षण गर्दा पनि उनमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो।

कनिकामा पहिलो पटक कोरोनाको संक्रमण भएको पाइएपछि उनलाई भारतको उत्तर प्रदेशस्थ्ति संजय गान्धी पोष्ट ग्रयाजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्स अस्पतालको आइसोलेसनमा राखिएको थियो।

अहिले पनि उनी सोहो अस्पतालमा उपचाररत छन्। कनिकाको लापरवाही गरेको भन्दै उत्तर प्रदेशमा उनीविरुद्ध उजुरी समेत परेको छ। उनले कहाँ कहाँ भ्रमण गरेकी थिइन भन्ने बारे नखुलाएको समेत उनीमाथि आरोप लागेको छ । उनका कारण अरुमा पनि कोरोनाको संक्रमण फैलिन खतरा बढेको जनाइएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ९ : २९ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी