कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय पुग्यो, १९७ देशमा संक्रमण « Khabarhub

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय पुग्यो, १९७ देशमा संक्रमण


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय १० पुगेको छ ।

४ लाख २१ हजार ३ सय ६७ मा संक्रमण फैलिएको छ । संक्रमण फैलिएका मध्ये १ लाख ८ हजार ३ सय ८८ स्वास्थ्यलाभ गरी अस्पतालबाट फर्किएका छन् ।
चीनको वुहानबाट शुरु भएको कोरोनाको महामारी अहिले विश्वका १९७ देशमा पुगेको छ ।

वितेको २४ घण्टामा महामारी फैलिएको चीनमा नयाँ संक्रमण र मृत्यु देखिएको छैन । चीनमा अहिलेसम्म ३ हजार २ सय ७७ ले ज्यान गुमाएका छन् भने ८१ हजार १ सय ७१ जना संक्रमित छन् । जसमध्ये ७१ हजार १ सय ५९ उपचारपछि घर फर्किएका छन् ।

यो २४ घण्टामा सबैभन्दा बढी संक्रमण अमेरिकामा फैलिएको छ भने सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । इटालीमा ७ सय ४३ को यो २४ घण्टामा मृत्इु भएको छ । कोरोनाकै कारण इटालीमा मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० पुगेको छ ।

त्यस्तै अमेरिकामा ६ सय ९८ जनाले ज्यान गुमाएका छन् । २४ घण्टाको अवधिमा ९ हजार ८ सय ७५ मा नयाँ संक्रमणदेखिएपछि संक्रमितको संख्या ५३ हजार ६ सय ९ पुगेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ६ : १९ बजे

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र