बेलायती युवराज चार्ल्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि « Khabarhub

बेलायती युवराज चार्ल्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- बेलायती युवराज चार्ल्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

महारानी एलिजावेथका जेठा छोरा प्रिन्स अफ वेल्स चार्ल्सको स्वास्थ्य परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बेलायतको क्लरेन्स दरबारले जनाएको छ ।

उनीसँगै उनकी श्रीमती युवराज्ञी डचेस अफ क्रोनवाल क्यामिलाको पनि स्वास्थ्य परीक्षण गरिएको तर, डचेस अफ क्रोनवालमा भने कोरोना भाइरसको संक्रमण नदेखिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । युवराजले कोरोना भाइरसको सामान्य लक्षण देखाएपनि उनको स्वास्थय अवस्था राम्रो रहेको जनाइएको छ ।

केही दिनअघिमात्रै युवराज चाल्र्सले कोरोना भाइरसको त्रासका बीच बकिंघमको दरबार र लण्डन छाडेर अन्यत्रै गएको समाचार सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ४ : ४७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना