कोरोना संक्रमण देखिएका व्यक्ति यूएईबाट आएका धादिङका युवा « Khabarhub

कोरोना संक्रमण देखिएका व्यक्ति यूएईबाट आएका धादिङका युवा


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण देखिको तीन दिनमा पुन अर्का एक व्यक्तिमा संक्रमण देखिएको छ ।

बुधवार(आज) कोरोना भाइरस संक्रमण पुष्टि भएका युवा वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका र उनी धादिङको रहेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

‘उहाँ चैत्र छ गते संयुक्त अरब इमिरेट्स (यूएई) बाट नेपाल आउनु भएका धादिङ निवासी ३२ वर्षीय पुरुष यहाँ आएर होटलमा बस्नु भएको र हिजो अलि असहज भएपछि टेकु अस्पताल गएर परीक्षण गर्दा संक्रमण देखिएको हो’ उनले भने ।

होटल र सम्पर्कमा रहेका व्यक्तिको खजतालस गर्ने र क्वारेन्टाइनमा राख्न जुटिरहेको मन्त्री ढकालले जानकारी दिए ।

त्यस्तै मन्त्री ढकालले कोरोना महामारीको विरुद्धमा एउटा युद्धमा होमिएको अवस्थामा सवत्र प्रवक्ताहरु भेटिएको भन्दै असन्तुष्टि पोखे ।
मन्त्रीको नेतृत्वमा रहेको समिति अनुगमन गर्ने र सचिवको नेतृत्वमा अर्को समिति गठन भएको उनले जानकारी दिए ।

सचिवको नेतृत्वमा भगवान कोइराला, लोचन कार्की, मन राई मन्त्रालयका तर्फबाट गुणराज लोहनी र निजी मेडिकल कलेजका तर्फबाट बसुरद्नि अनसारी र बसन्त चौधरीलाई राखेर अरु समितिलाई भंग गरेको उनले जानकारी दिए ।

अस्पतालमा सबै प्रवक्ता बन्ने व्यवस्थालाई अन्त्य गर्दै चेन अफ कमाण्ड मा नै सञ्चालन गर्दै अघि बढ्ने उनले बताए ।

उनले स्याम्पल परीक्षणका लागि सातवटै प्रदेशमा ल्याव प्रयोगमा ल्याउने बताए ।

भारतबाट नेपाल फर्किने क्रममा सीमामा रोकिएकाहरुलाई एक दिनका लागि प्रवेश गर्न दिइएको र उनीहरुलाई क्वारेन्टाइनमा राखिएको उनले बताए ।

मन्त्री ढकालले लकडाउनको समयमा मानिसहरु बाहिर निस्किएको भन्दै त्यसो नगर्न आग्रह गरे ।

कुनै राजनीतिक दलले गरेको बन्द जस्तो नभइ यो रोगबाट बच्नका लागि प्रयत्न भएको उनको भनाइ छ ।

समस्या समाधानका लागि अहोरात्र खटेर यो परिस्थितिको सामना गर्न सक्ने भन्दै उनले सबैमा सहयोग गर्न आग्रह गरे ।

सानो असावधानी र खेलाचीले आफूलाई मात्र नभइ सबैभन्दा पहिला परिवार छिमेकी समाज हुँदै राष्टलाई समेत क्षति पुर्याउने भन्दै खेलाची र कमजोरी नगर्न आग्रह गरे ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ५ : २२ बजे

आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीहरुले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को

शान्ति सम्झौता र गणतन्त्रका पक्षधरबीच मोर्चाबन्दी आवश्यक : प्रचण्ड

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ र ५ मा भइरहेको कफी

नौ महिनामा वीरगञ्ज भन्सारबाट करिब ७ अर्बको सामान आयात

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

एम्बाप्पे र भिनिसियस चम्किएपछि म्याड्रिडको जित: अलाभेस पराजित

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बुधबार बिहानको खेलमा रियल