स्पेनमा एकै दिन कोरोना भाइरसको संक्रमणबाट ७३८ जनाको मृत्यु « Khabarhub

स्पेनमा एकै दिन कोरोना भाइरसको संक्रमणबाट ७३८ जनाको मृत्यु


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा स्पेनमा ७३८ जनाको मृत्यु भएको छ ।

स्पेनको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण ७३८ जनाको मृत्यु भएको जनाएको हो ।

यससँगै स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ हजार ४ सय ३४ पुगेको छ । यसअघि स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार ६ सय ९६ जना थियो ।

कोरोना भाइरसको शुरुआत भएको चीनमा भने ३ हजार २ सय ८७ जनाको मृत्यु भएको छ । इटालीमा भने कोरोना भाइरसका कारण स्पेनभन्दा करिब दोब्बर अर्थात् ६ हजार ८ सय जनाको मृत्यु भएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका संक्रमितको संख्या पनि बढेको स्वास्थ्यय मन्त्रालयले जनाएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा करिब ८ हजार जना नयाँ संक्रमित थपिएका छन् ।

यससँगै त्यहाँ कोरोना भाइरसबाट संक्रमितको संख्या ४७ हजार ६ सय १० पुगेको छ । यसअघि स्पेनमा कोरोना भाइरसका ३९ हजार ६७३ जना संक्रमित थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ६ : २६ बजे

हटेन रसुवागढीको हैरानी : नेपाली कन्टेनर चालकले चीन प्रवेश अनुमति पाएनन्

काठमाडौं- रसुवा नाका हुँदै चीनको केरुङबाट सामान ढुवानी गर्नेबारे नेपाल

निर्वाचन परिचालन समितिको सचिवालय बैठक सम्पन्न, केन्द्रीय परिचालन कमिटी माघ २२ मा बस्ने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन परिचालन समितिको सचिवालयको दोस्रो बैठक

निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन जोड

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादर मगरले स्वच्छ, निष्पक्ष र

मंगलबारबाट सक्रिय हुँदै रवि, पहिलो चरण चितवन जाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंगलबारबाट सार्वजनिक कार्यक्रममा