कोरोना भाइरस : स्पेनमा मृत्यु हुनेको संख्या पनि चीनको भन्दा धेरै « Khabarhub

कोरोना भाइरस : स्पेनमा मृत्यु हुनेको संख्या पनि चीनको भन्दा धेरै


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  स्पेनमा पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चीनको भन्दा धेरै भएको छ ।

आज थप ४ सय ४३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३४ सय ३४ पुगेको छ । यो संख्या चीनमा कोरोनाबाट मृत्यु हुनेको भन्दा १ सय ५३ ले बढी हो ।

कोरोना भाइरसको उद्भव मानिएको र महामारी फैलिसकेको चीनमा कोरोना भाइरसबाट अहिलेसम्म ३२ सय ८१ जनाको मृत्यु भएको छ ।

स्पेनमा ४७ हजार ६ सय १० जना संक्रमित भएका छन् । थप ५५ सय ५२ मा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ४८ हजार नजिक पुगेको हो ।

उपचारारत २६ सय भन्दा बढीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

मृतकका संख्याका आधारमा अब सबैभन्दा बढी प्रभावित हुने देशहरुमा क्रमश इटाली, स्पेन, चीन, इरान, फ्रान्स र अमेरिका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ६ : ३३ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई