चैत्र मसान्तसम्म ऋणिबाट सावा ब्याज नअसुल्न बैंकहरुलाई सरकारको निर्देशन « Khabarhub

चैत्र मसान्तसम्म ऋणिबाट सावा ब्याज नअसुल्न बैंकहरुलाई सरकारको निर्देशन


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल लकडाउनमा जाँदा सम्पूर्ण आर्थिक गतिविधि ठप्प भएको भन्दै सरकारले बैंकहरुलाई ऋणिबाट सावा ब्याज चैत्र मसान्तसम्म असुल नगर्न निर्देशन दिएको छ ।

सरकारले बैङ्क तथा वित्तीय संस्थाहरुलाई कोरोनाका कारण आर्थिक गतिविधि नै ठप्प भएकाले व्यवसायहरुबाट कर्जाको सावा ब्याज असुली गर्ने कार्य चैत मसान्तसम्मका लागि स्थगन गर्न निर्देशन दिएको हो ।

अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले चैत्र मसान्तसम्म ऋणिबाट कर्जाको सावा ब्याज दुबै असुल नगर्न निर्देशन दिएको हो ।

बैङ्क तथा वित्तीय संस्थाहरुबाट प्रावह भएको कर्जाको वर्गीकरण तथा व्यवस्था गर्ने कार्य हाललाई यथास्थितिमा राख्न नेपाल राष्ट्र बैङ्कले आवश्यक व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।

बैठकले काउन्टरमा जम्मा हुन आउने र काउन्टरबाट वितरण गरिने नोटहरुलाई संक्रमणरहित गरेर मात्र प्रयोगमा ल्याउने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

ब्यावसायीहरुले कर्जाको किस्ता रकमको समयावधि सार्न माग गरिरहेका बेला सरकारले यस्तो निर्देशन दिएको हो । सरकारको उक्त निर्णले बैंकबाट ऋण लिएका सबै ऋणिहरुलाई राहत भएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ९ : ५० बजे

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक