कोरोना भाइरस : ७ लाख ८० हजार उपचारपछि घर फर्किए « Khabarhub

कोरोना भाइरस : ७ लाख ८० हजार उपचारपछि घर फर्किए


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका ७ लाख ८० हजार ८५ जना मानिस उपचारपछि निको भएर घर फर्किएका छन्।

यो समाचार तयार पार्दासम्म उपचारपछि निको भएर घर फर्किने मानिसहरुको उक्त संख्या कोरोनाले मृत्यु भएकाको भन्दा ५ लाख ८३ हजार १२१ ले बढी हो ।

कोरोना भाइरसको तथ्यांक अध्यावधिक गरिरहेको वर्ल्डोमिटर इन्फोका अनुसार शनिबारसम्म युरोपमा ३ लाख ९३ हजार १८८ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् भने १ लाख १७ हजार ३२४ जनाको मृत्यु भएको छ ।

यस्तै उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १३ हजार ८२० जना निको भएका छन् । ती मुलुकहरुमा ५६ हजार ८६ जनाको मृत्यु भएको छ ।

एसियाली मुलुकहरुमा २ लाख १२ हजार ५४५ जना कोरोना संक्रमित निको भएका छन् भने शनिबारसम्म १६ हजार ५८६ जनाको मृत्यु भएको छ ।

दक्षिण अमेरिकी मुलुकहरुमा ४४ हजार ४७२ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् भने ५ हजार ५२९ जनाको मृत्यु भएको छ ।

अफ्रिकी मुलुकहरुमा अहिलेसम्म संक्रमित भएका २९ हजार ९७८ जनामध्ये ९ हजार १२१ जना उपचारपछि घर फर्किएका छन् ।

त्यहाँ अहिलेसम्म ३० जनाको मृत्यु भएको छ भने उपाचार गराइरहेका १९ हजार ३४९ जनामध्ये १४८ जनाको अवस्था गम्भीर छ ।

तुलानात्मक रुपमा कोरोना भाइरसको संक्रमण कम देखिएको अष्ट्रेलियासहित ओसिनिया मुलुकहरुमा ६ हजार २४९ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

त्यहाँ ८ हजार २३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ९६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ६ : ४८ बजे

पाकिस्तानद्वारा अमेरिका-इरान तनावमा मध्यस्थता प्रयास जारी

इस्लामाबाद–  पाकिस्तान र इरान र संयुक्त राज्य अमेरिका बीच बढ्दो

राष्ट्रियसभामा परराष्ट्रमन्त्रीले भने- सीमा विवादको कूटनीतिक समाधान गर्छौँ

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर

बागमती– काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–४

निश्कलको प्रश्न- करका दरमा हेरफेर गर्ने गल्ती किन, कसको स्वार्थमा भएको हो ?

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी