इटालीमा लकडाउन खोल्न ४ मिति तोकियो « Khabarhub

इटालीमा लकडाउन खोल्न ४ मिति तोकियो


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालीमा लकडाउन खुकुलो बनाउने तयारी शुरु भएको छ । योसँगै करिब २ महिनादेखि जारी लकडाउन खुल्ने संकेत मिलेको छ । इटाली सरकारले आधिकारिक सूचना जारी नगरे पनि अप्रिल २७ देखिनै लकडाउन खुल्न सक्ने इटालियन संचार माध्यमहरुले जनाएका छन्।

समचारअनुसार लकडाउन खोल्न ४ वटा मिति तोकिएको छ। अप्रिल २७ मा कलकारखाना खोलिनेछ। ३ मेमा कपडा उत्पादन गर्ने उद्योगहरू खुल्ने छन् भने ११ मेमा लुगा, जुत्ता र अन्य सबै पसलहरू खोलिने छन् ।

खोलिने पसलहरुमा प्रवेश गर्दा भने लकडाउन हुँदा कै नियमहरु रहनेछन् । पसल प्रवेश गर्दा १ देखि २ मिटरको दूरीमा रहेरमात्र किनमेल गर्न पाइनेछ।

त्यस्तै अन्तिममा १८ मेमा बार र रेस्टुरेन्टहरु खुला गरिने छन्। बार र रेस्टुरेन्टमा भने एक टेबलदेखि अर्को टेबलको दूरी २ मिटरको हुनुपर्ने र वेटरले अनिवार्य रुपमा मास्क र पन्जा लगाएको हुनु पर्नेछ। बिङो (क्यासिनो),सैलुन र ब्यूटी पार्लरहरु कहिले सम्म खोल्ने भन्नेबारे जानकारी आएको छैन ।

सपिङ्ग सेन्टर र फार्मेसिहरु भने लकडाउनको समयदेखि नै खुला छन् ।

लकडाउन खुले पनि बाहिर निक्लदा मास्क र पन्जा भने अनिवार्य लगाउनुपर्ने भएको छ। एक गाविसबाट अर्को गाविसमा जाँदा सेल्फ प्रमाणिकरणको सर्टिफिकेट आवस्यकता नभएपनि एक अञ्चलबाट अर्को अञ्चलमा जाँदा भने सेल्फ प्रमाणिकरणको सर्टिफिकेटको आवश्यकता पर्ने बताइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ६ : ४३ बजे

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री

राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले