अस्ट्रेलियामा नेपाली विद्यार्थीको डेरामा आगलागी « Khabarhub

अस्ट्रेलियामा नेपाली विद्यार्थीको डेरामा आगलागी


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रिजवेन- अस्ट्रेलियाको ब्रिजवेनमा बस्ने नेपाली विद्यार्थीको डेरामा आगलागी भएको छ । आगलागीबाट महत्वपुर्ण कागजपत्र र धनमाल जलेर नष्ट भएको छ ।

ईष्ट व्रिजवेनमा बसोबास गर्दै आएका उनीहरुको डेरामा बिहिबार साझ आगलागी भएको हो । आगलागीबाट एक थान ल्यापटप, एक थान आईप्याड, लत्ता कपडा, फर्निचर, दुई हजार डलर नगद लगायत जलेर नष्ट भएको छ ।

त्यस्तै शैक्षिक प्रमाणपत्र, पासपोर्ट र अन्य महत्वपुर्ण कागजात पनि जलेको डेरावाला अधिकारी थरका युवकले बताए । उनले भने, ‘भएभरको लत्ताकपडा जलेर नष्ट भयो, पैसा पनि जल्यो अब के गर्ने केही सोच्नै सकेको छैन । उनका अनुसार पासपोर्टचाहि आशिंक रुपमा जलेको छ ।’

७ हजार डलर जतिको धनमाल जलेको ती युवकको अनुमान छ। डेरामा आगलागी भएको खबर ती जोडीले नेपालमा आफन्तलाई नभनेकाले उनीहरुले आफ्नो पहिचान गोप्य राखिदिन अनुरोध गरेका छन् । विद्यार्थी युवती फेडेरेसन विश्वविद्यालयमा मास्टर्स ईन बिजनेस पढिरहेकी छिन् ।

दुबै जना काममा गएको बेला बन्द कोठा भित्रबाट आगलागी सुरु भएको थियो । छिमेकीले दमकललाई खबर गरेका थिए । केही बेरमै दमकलले आगो नियन्त्रणमा लिएको थियो । कोठामा ल्यापटप चार्ज गरेर राखेकाले त्यसैबाट आगो सल्किएको हुनसक्ने अनुमान छ ।

दुई तल्ले घरको माथिल्लो तल्लामा रहेको चार कोठामा ८ जना नेपाली बस्दै आएका थिए । एउटा कोठामा आगलागी भएपछि प्रहरीले घरनै सिल गरेको छ । घर सर्न पर्ने भएपछि अहिले त्यहा बस्ने ८ जना नेपाली तत्कालै कोठा खोजेर सर्नु पर्ने भएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ७ : २९ बजे

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा– बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला