स्वाब सङ्कलनका लागि प्रदेश नं २ मा आठ टोली परिचालन | Khabarhub Khabarhub

स्वाब सङ्कलनका लागि प्रदेश नं २ मा आठ टोली परिचालन


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- प्रदेश नं २ को सर्लाही जिल्लाको धनकौल गाउँपालिका–५ बस्ने एक किशोरमा कोरोना सङ्क्रमित पुष्टि भएपछि उनको परिवारका सदस्यको स्वाब सङ्कलनका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

यस सम्बन्धमा प्रदेश नं २ को समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले शुक्रबार पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएका हुन् ।

उक्त किशोरको वैशाख ५ गते आरडिटी परीक्षण गर्दा पोजिटिभ नतिजा आएपछि पिसीआर मेसिनबाट परीक्षणका लागि स्वाब लिएर राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । त्यहाँबाट वैशाख ११ गते किशोरको रिपोर्ट पोजेटिभ आएपछि उनको परिवारका साथै सम्पर्कमा आएका व्यक्तिको स्वाब सङ्कलनका लागि टोली खटिएको हो ।

दिल्लीमा बस्दै गरेका किशोर चैत २३ गते भारतको चम्पारण जिल्लास्थित ढाकाको क्वारेन्टाइनमा आठ दिन बसेका थिए । त्यहाँबाट उनीसहित आठ जना एम्बुलेन्समा बसेर रौतहटको बैरगनिया आएको र त्यहाँबाट एक जनालाई साथमा लिएर आफ्नो घर हरकट्वा आइपुगेको सचिव डा घिमिरेले बताए।

परिवारका सदस्यले उनलाई घरमा बस्न नदिएपछि स्थानीय विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । किशोरको यात्राका साथै सम्पर्क गरेको व्यक्तिको खोजीकार्य पनि भइरहेको उनले बताए ।

यसैबीच प्रदेश नं २ मा एक हजार ५०० जनाको स्वाब सङ्कलन गर्ने उद्देश्यका साथ केन्द्रका छ र प्रदेशका दुई गरी आठ स्वास्थ्यकर्मी टोली प्रदेशका आठवटै जिल्लामा परिचालन भएका छन् । सो टोलीलाई स्थानीय स्वास्थ्यका प्राविधिकले समेत सहयोग गर्नेछन् । ती स्वाबको रिपोर्टपछि यस प्रदेशमा कोरोनाको वस्तुस्थितिबारे जानकारी प्राप्त हुने उनले बताए ।

यस प्रदेशमा अहिलेसम्ममा चार हजार ३३१ जनाको आरडिटी परीक्षण गरिएको छ । सोअन्तर्गत सप्तरीमा ७१५, सिरहामा ३२१, धनुषामा ३१०, महोत्तरीमा १५०, सर्लाहीमा १२५, रौतहटमा ४४१, बारामा १२९ र पर्सामा दुई हजार ९८ को आरडिटी परीक्षण गरिएको हो । यसका साथै ६६६ जनाको पिसीआर गरिएकामा ६१६ को रिपोर्ट नेगेटिभ आएको, ४५ को रिपोर्ट आउन बाँकी रहेको छ भने पाँच कोरोना सङ्क्रमित छन् । ती पाँचै जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

यस प्रदेशमा एक हजार ३६६ क्वारेन्टाइनमा, एक हजार ६३९ होम क्वारेन्टाइनमा र १३ जना आइसोलेसनमा रहेको सचिव डा घिमिरेले जानकारी गराए ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ९ : ४९ बजे

धुम्रपान न्यूनीकरणमा सादा प्याकेजिङ र कर नीति प्रभावकारी हुने

काठमाडौं – सुर्तीजन्य पदार्थको बढ्दो उपभोग न्यूनीकरण गर्न उच्च कर

अमेरिकी रोजगारी तथ्याङ्क: डलर कमजोर, शेयर बजारमा वृद्धि

लन्डन – अमेरिकी रोजगारी तथ्याङ्कले शेयर बजारमा सकारात्मक उतार–चढाव ल्याएको

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली र ललितपुरको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग

राप्रपामा कुनै गुटउपगुटको समस्य छैनः लिङ्देन

लमजुङ – राष्ट्रिय प्रजान्तन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न