अस्पतालमा पानी चुहिँदा बिरामीलाई समस्या | Khabarhub Khabarhub

अस्पतालमा पानी चुहिँदा बिरामीलाई समस्या


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा- सुदूरपश्चिम प्रदेशकै एक मात्र विशेषज्ञ अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पतालमा पानी चुहिने समस्या भएपछि बिरामीलाई समस्या भएको छ । बिहीवार राति परेको पानीले अस्पतालको छाना चुहिएपछि अस्पतालमा भर्ना भएका बिरामीलाई समस्या भएको हो ।

बिरामी रहेको कक्षको शय्यामा बाहिरजत्तिकै पानी चुहिएपछि अन्तरङ्ग बिरामीलाई निकै समस्या भएको बिरामीका कुरुवा धर्मराज भट्टले जानकारी दिए ।

कक्षभित्र पानी चुहिने समस्याका कारण करीब ६ शय्यामा रहेका बिरामीलाई अन्यत्र सारिएको भट्टले बताए । उनले भने, “अस्पतालभित्रै पानी जमेपछि हामी पानी छल्दै बेडमा बस्नु परिरहेको छ ।” विशेषज्ञ अस्पताल डडेल्धुरा अस्पतालमा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाबाट बिरामी आउँछन् ।

लकडाउनका समयमा समेत दैनिक एक सयदेखि १५० बिरामीको उपचार गर्ने डडेल्धुरा विशेषज्ञ अस्पतालको यो अवस्थाले बिरामीलाई मात्र होइन चिकित्सकलाई समेत हैरान पारेको छ ।

नयाँ भवनको पानीसमेत पुरानो भवनको छानामा पर्ने र बाहिर निकास नभएपछि पानीभित्र पस्ने समस्या रहेको अस्पतालले जनाएको छ । भौतिक संरचनाको अभावमा एचडिसिएस नामक गैरसरकारी संस्थाले अस्पताल स्थापनाका बेला निर्माण गरेको पुरानो जीर्ण भवनबाट सेवा सञ्चालन गर्नुपरिरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए।

“यहाँ केही समयदेखि पानी चुहिने समस्या छ । नयाँ भवनको पानी पनि यही पुरानो भवनमा झर्छ”, उनले भने, “प्राविधिकहरू बोलाएर पनि समस्या समाधान गर्न खोजेका हौं तर नयाँ भवन निर्माण गर्दा ध्यान नपुगेकाले यो समस्या आएको हो ।”

पानी रोक्नका लागि विभिन्न प्रयास गरिए पनि धेरै पानी जम्मा हुने भएकाले समस्या समाधान हुन नसकेको र नयाँ भवन निर्माणका क्रममा रहेकाले सो बनेपछि समस्या पूर्णरुपमा सामाधान हुने डा विष्टको भनाइ छ ।

संघीय सरकारले सुदूरपश्चिमको केन्द्र भागमा रहेको डडेल्धुरा अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्दै जाँदा भौतिक संरचनाको अभावका कारण वर्षात्मा अस्पतालमा झनै समस्या हुने गरेको स्थानीयवासी महेश श्रेष्ठले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १० : ४० बजे

सिरियामा इजरायली एयरस्ट्राइक : रक्षा मुख्यालयमा आक्रमण, टेलिभिजन लाइभमै देखियो बमबारी

दमास्कस – इजरायलले बुधबार सीरियाको राजधानी दमास्कसस्थित रक्षा मुख्यालयमा हवाई

चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक

मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका

पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा हुन्ः प्रधानन्यायाधीश राउत

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा