लकडाउनबारे निर्णय गर्न उच्चस्तरीय समितिको बैठक जारी | Khabarhub Khabarhub

लकडाउनबारे निर्णय गर्न उच्चस्तरीय समितिको बैठक जारी


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक महिनादेखि जारी लकडाउनलाई के गर्ने भन्ने निर्क्यौल गर्न  कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तीय समन्वय समितिको बैठक सिंहदरबारमा सुरु भएको छ ।

११ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सुरू भएको बैठकले लकडाउनलाई खुकुलो बनाउने कि निरन्तरता दिने भन्ने विषयमा छलफल भइरहेको छ ।

तेस्रो पल्ट थप गरिएको लकडाउनको समयावधि वैशाख १५ गते सोमबार रातिदेखि सकिने भएकाले लकडाउन कसरी अगाडि बढाउने भन्नेबारेमा आज निर्णय हुन लागेको हो ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले समितिलाई लकडाउनबारे निर्णय गर्न जिम्मा दिएपछि समितिको बैठक सुरू भएको हो ।

नेपालमा दोस्रा कोरोना भाइरसका संक्रमित देखिएपछि सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेको थियो । लकडाउन सुरु भएयता अरु ४७ जनामा कोरोनाको संक्रमण देखिदै संक्रमित संख्या ४९ पुगेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ११ : ४३ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको