लकडाउनबारे निर्णय गर्न उच्चस्तरीय समितिको बैठक जारी « Khabarhub

लकडाउनबारे निर्णय गर्न उच्चस्तरीय समितिको बैठक जारी


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक महिनादेखि जारी लकडाउनलाई के गर्ने भन्ने निर्क्यौल गर्न  कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तीय समन्वय समितिको बैठक सिंहदरबारमा सुरु भएको छ ।

११ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सुरू भएको बैठकले लकडाउनलाई खुकुलो बनाउने कि निरन्तरता दिने भन्ने विषयमा छलफल भइरहेको छ ।

तेस्रो पल्ट थप गरिएको लकडाउनको समयावधि वैशाख १५ गते सोमबार रातिदेखि सकिने भएकाले लकडाउन कसरी अगाडि बढाउने भन्नेबारेमा आज निर्णय हुन लागेको हो ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले समितिलाई लकडाउनबारे निर्णय गर्न जिम्मा दिएपछि समितिको बैठक सुरू भएको हो ।

नेपालमा दोस्रा कोरोना भाइरसका संक्रमित देखिएपछि सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेको थियो । लकडाउन सुरु भएयता अरु ४७ जनामा कोरोनाको संक्रमण देखिदै संक्रमित संख्या ४९ पुगेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ११ : ४३ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन