प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा भन्छन्– मैले किन ज्यान मार्ने धम्की दिनू ? « Khabarhub

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा भन्छन्– मैले किन ज्यान मार्ने धम्की दिनू ?


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारीका लागि हाल साउदी अरेबियामा रहेका बिष्णु बुढाथोकी नामका व्यक्तिले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुक च्याटमा ज्यान मार्ने धम्की दिएको आरोप लगाएपछि थापा प्रहरीको साइबर ब्युरोमा पुगेका छन् ।

सिन्धुलीको मरिन गाँउपालिका–४ का स्थायी बासिन्दा बुढाथोकीले थापाले आफूलाई फेसबुक च्याटमा धम्की दिएको भन्दै थापाको नाम र तस्बीर र रहेको फेसबुक आइडीबाट आएको धम्कीपूर्ण म्यासेजको स्क्रिनसट पोस्ट गरेका थिए ।

थापाले ज्यान मार्ने धम्कीको म्यासेज भएको आइडी आफ्नो नभएको र आफूमाथि षड्यन्त्र भएको भन्दै स्टास लेखेका छन् । उनले त्यस प्रकारको च्याट कसैसँग नभएको, त्यसो गर्न आफूसँग फुर्सद नरहेको र कारबाहीका लागि साइबर ब्युरोमा उजरी गरिसकेको उल्लेख गरेका छन् ।

थापाले लेखेका छन्– मेरो फेसबुकको प्रोफाइल पिक्चर दुरुपयोग गरी नक्कली फेसबुक खोलेर षडयन्त्रपूर्ण च्याट गरेको स्क्रिनसट शेयर गरी बदनाम गर्ने अभियान चलाइरहेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो च्याट मेरो कसैसँग भएको छैन । यसो गर्न मलाई फुर्सद पनि छैन । र, यस षड्यन्त्रको घोर भत्र्सना गर्दै भ्रममा नपर्न सबैमा हार्दिक अनुरोध गर्दछु । साथै, मैले साइबर ब्यूरोसमक्ष यसको आवश्यक अनुसन्धान गरी अविलम्ब कारबाही होस् भनी उजुरी गरिसकेको समेत जानकारी गराउन चाहन्छु ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले खबरहबसँगको जिज्ञासामा ज्यान मार्ने धम्की दिएको आरोप लगाउने व्यक्तिलाई आफूले नचिनेको र फेस बुकमा साथी समेत नरहेको बताए ।

आफूले तत्कालै प्रहरीको साइबर ब्युरोमा उजुरी गरेको पनि उनले बताए । प्रहरीको अनुसन्धानबारे भने आफूलाई जानकारी आइनसकेको उनले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १ : ५९ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु