अर्थ समाचार : नयाँ सहर आयोजनाबाट २९ करोड कार्यान्वयन हुँदै, कामदारलाई चाडपर्व खर्च दिन सरकारको पत्र र दर्ता नामसारीका लागि सवारी धनी कार्यालय पुग्न नपर्ने « Khabarhub

अर्थ समाचार : नयाँ सहर आयोजनाबाट २९ करोड कार्यान्वयन हुँदै, कामदारलाई चाडपर्व खर्च दिन सरकारको पत्र र दर्ता नामसारीका लागि सवारी धनी कार्यालय पुग्न नपर्ने


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४ मा तनहुँ, गोरखा र आसपासका क्षेत्रमा पूर्वाधार विकासका लागि २९ करोड ५० लाख रुपैयाँका योजना छनोट गरेको छ ।

गुरुयोजनाअनुसार सडक स्तरोन्नति, पर्यटकीय तथा सांस्कृतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै विभिन्न योजना अघि बढाइएको कार्यालयका इन्जिनियर श्रीप्रसाद पाण्डेले जानकारी दिए ।

स्वीकृत बजेटबाट भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र गोरखाको पालुङटार नगरपालिकामा सडक तथा पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

अलैँचीको मूल्य प्रतिमन ८४ हजार

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरिएको छ ।

संशोधित व्यवस्थाअनुसार सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिनेछ ।

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

सरकारले निजी क्षेत्रलाई पत्र लेखेरै भन्यो- ‘कामदारलाई एक महिनाको पारिश्रमिक बराबर चाडपर्व खर्च दिनू’

सरकारले निजी क्षेत्रका छाता संगठनहरूलाई पत्र लेखेरै श्रमिकलाई चाडपर्वमा एक महिना बराबरको पारिश्रमिक उपलब्ध गराउन भनेको छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले प्रचलित कानुनबमोजिम श्रमिकहरूलाई चाडपर्व खर्च उपलब्ध गराउन विभिन्न रोजगारदाता, उद्योग-व्यवसाय तथा निजी शैक्षिक क्षेत्रका छाता सङ्गठनहरूलाई निर्देशन दिएको हो ।

पत्रमार्फत विभागले श्रम ऐनको कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन सम्बद्ध संस्थाहरूको ध्यानाकर्षण पनि गराएको छ ।

विभागका अनुसार श्रम ऐन, २०७४ को दफा ३७ मा प्रचलित धर्म, संस्कृति तथा परम्परानुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले आफूले खाईपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था रहेको छ ।

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ६ : ५७ बजे

‘भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ’

काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर