भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो « Khabarhub

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले उखुका चार उन्नत जात नेपाललाई हस्तान्तरण गरेको छ ।

लखनउस्थित भारतीय उखु अनुसन्धान संस्थानले विकास गरेका ती जात आज यहाँ आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो । बाराको जितपुरस्थित राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमले भारतीय उखु अनुसन्धान संस्थानसँगको सहकार्यमा ती जात नेपालमा भित्र्याइएको हो । 

यहाँस्थित भारतीय दूतावासका प्रथम सचिव निशाले उखुका चार उन्नत जातका बीउ नार्कका कार्यकारी निर्देशक श्रीमत श्रेष्ठलाई हस्तान्तरण गरे।

राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका संयोजक दिलराज यादवका अनुसार भारतबाट ल्याइएका ती जातमा उत्पादकत्व र चिनीको मात्रा बढी छ । ती जातका उखुको  प्रवद्र्धनबाट उखुको गुणस्तर र उत्पादकत्व बढ्नुका साथै किसानको आम्दानी तथा चिनी मिलको उत्पादनमा सुधार हुने छ । 

नेपालमा करिब ५३ हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ । नेपालमा उखुको औसत उत्पादकत्व प्रतिहेक्टर करिब ५० मेट्रिक टन छ  । 

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ६ : ५० बजे

‘भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ’

काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर