लकडाउन खुकुलो बनाउने अवस्था नरहेको उच्च स्तरीय समितिको निष्कर्ष « Khabarhub

लकडाउन खुकुलो बनाउने अवस्था नरहेको उच्च स्तरीय समितिको निष्कर्ष


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समितिले तल्कालै लकडाउन खुकुलो बनाउने अवस्था नरहेको निष्कर्ष निकालेको छ ।

पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको र देशका विभिन्न भूभागमा प्रभाव देखिएको भन्दै तत्काल लकडाउन खुकुलो बनाउन नहुने समितिको निश्कर्ष रहेको छ । लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने समितिको राय छ ।

देश तत्काल कोरोना संक्रमणको जोखिमबाट मुक्त भइनसकेको निश्कर्ष रहेको समितिका एक सदस्यले बताए ।

शनिवार बसेको समितिको र्बैठकमा हिमाली जिल्लाहरुमा भने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँगको छलफल पछि ति जिल्लाका लागि केही निर्णय गर्न सकिने बारे छलफल भएको उनले बताए ।

वैशाख १५ गते लकडाउनको अवधि सकिनु अघि बस्ने मन्त्रिपरिषद्ले यसबारे आवश्यक निर्णय गर्ने छ ।

समितिले आन्तरिक तथा वाह्य हवाई उडानमा लगाइएको रोक भने जेठको २ गतेसम्म बढाउने निर्णय गरेको छ ।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालीटी बारे छलफल गरेर सिफारिस गर्न समितिलाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ३ : २२ बजे

‘भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ’

काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर