सबै धर्मका धार्मिक गतिविधि परिवारभित्र सीमित « Khabarhub

सबै धर्मका धार्मिक गतिविधि परिवारभित्र सीमित


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दाङ- मुसलमान समुदायले सबैभन्दा ठूलो र पवित्र पर्व रमजानमा लकडाउनले घरभित्र नमाज पढिरहेको छ ।

रमजानमा ३० दिनसम्म दिउँसो रोजा(व्रत) बस्ने र दैनिक पाँच पटक मस्जिदमा पुगेर नमाज पढिन्छ । साँझमा भने घरपरिवार र आफन्त भेला भएर खानपिन गरिन्छ ।

मुस्लिम संगठन नेपालका दाङ जिल्ला इञ्चार्ज एवम् केन्द्रीय सचिवालय सदस्य साजिदा सिद्धिकी सबैलाई रोगको संक्रमणबाट जोगिन नेपाल सरकारले लागु गरेको लकडाउनको पालना गर्दै आआफ्नो घरमा नमाज पढ्न अनुरोध गरिएको बताउँछन् ।

“हामीले कसैलाई पनि मस्जिदमा नजान र रमजानको नाममा आफन्तहरुको झुण्ड जम्मा नगर्न अनुरोध गरेका छौं ”, उनले भने, “मुस्लिम समुदायका व्यक्तिहरु पनि निकै सचेत भएको पाएको छु । अहिले कोही पनि मस्जिद जानुभएको छैन । आफन्तीहरुबीचको भेटघाट पनि रोकिएको छ ।”

स्तै घोराही बजार छेउमै रहेको अम्बिकेश्वरी मन्दिरमा अहिले कोही पनि पूजा गर्न जादैनन् । दैनिक सयौँको संख्यामा पूजाआजा र घुम्न आउने स्थल अहिले ठप्प छन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमुद पोखरेलका अनुसार ‘लकडाउन’ शुरु भएपछि मन्दिरमा एक जना पनि आएका छैनन् । ‘दैनिक दर्जनौँ विवाह, ब्रतबन्ध, पास्नी, गाडी पूजा मन्दिरमा हुन्थ्यो तर अहिले सुनसान छ’, उनले भने ‘मन्दिरमै बस्दै आउनुभएका पुजारीले पूजा गर्दै आउनुभएको छ ।’

यस्तै विश्वकै अग्लो त्रिशूल भएको पाण्डवेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट दैनिक रु १० देखि २० हजारसम्म हुने आर्थिक उपार्जन हुने गरेकामा ठप्प भएको बताइएको छ । दाङमा दुई दर्जनभन्दा बढी चर्चित हिन्दू धार्मिक मठमन्दिर छन् । दाङका कतिपय धार्मिक क्षेत्रले आवतजावतमा समेत रोक लगाएका छन् ।

घोराहीस्थित बौद्ध गुम्बामा सधैँजसो दर्शन गर्न, घुम्न र दियो बाल्न आउनेहरु अहिले आउन छोडेका छन् । गुम्बामा ‘मलम’ पढ्दै आउनुभएका पुजारी कालशाङ लामाका अनुसार लकडाउन शुरु भएदेखि एक जना पनि अहिले गुम्बामा आएका छैनन् । उहाँ एक्लै गुम्बामा दैनिक दुई पटक सर्वोप्राणी हितका लागि भन्दै मलम पढ्नुहुन्छ तर सुन्ने कोही हुँदैन ।

दाङमा १२ वर्षदेखि गुम्बामा नियमित पूजाआजा हुँदै आएको छ । बुद्धधर्ममा आस्था राख्ने बौद्ध समुदायका विक्रम तामाङका अनुसार अहिले दाङमा करीब एक हजार मगर, तामाङ र गुरुङ समुदायका व्यक्तिले बुद्धधर्म मान्दै आएका छन् ।

घोराही ढिकपुरका जेसिज चौधरी पनि हिजोआज घरमै बसेर प्रार्थना गर्छन् र आफूलाई मनपरेको व्यक्तिको धार्मिक प्रवचन युट्युबमा हेर्छन् । हरेक शनिबार चर्च(मण्डली)मा पुगेर प्रार्थना गर्ने र प्रवचन सुन्ने इसाई समुदायका व्यक्ति अहिले घरमै आफ्नो धार्मिक गतिविधि गर्न थालेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ११ : ५९ बजे

खानाको व्यवस्था नभएपछि कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएकाहरू आन्दोलित (तस्बिरहरू)

काठमाडौँ– खानाको व्यवस्था नभएपछि कीर्तिपुर होल्डिङ सेन्टरका सुकुम्बासी बस्ती नागरिकहरू

सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौँ– मुलुकका सातवटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०८३–०८४ को

गरिबमाथि राज्य किन यति निर्मम ?

शनिबार कैलालीमा एक महिलाको टेम्पो भीरबाट खसालिदिएको भिडियो भाइरल भयो

जेनजी शहीद स्मारक पार्क निर्माण अलपत्र (तस्बिरहरू)

काठमाडौँ– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

विश्वकपमा स्वीडेनको सानदार सुरुआत, ट्युनिसियामाथि ५ गोलको वर्षा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा स्वीडेनले