कोरोना संक्रमण देखा परेपछि काठमाडौंको ठमेलक्षेत्र सिल « Khabarhub

कोरोना संक्रमण देखा परेपछि काठमाडौंको ठमेलक्षेत्र सिल

उपत्यकाका सयभन्दा बढी घर सिल


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कालधारा अगाडि बस्ने ६९ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखा परेपछि काठमाडौं महानगरपालिका वडा नम्वर–१६ को कालधारा ठमेलक्षेत्र सिल गरिएको छ ।

दुई महिनाअघि अष्टेलियाबाट आएका ६९ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखा परेपछि ठमेलबाट खुशिँबु टाउनप्लानिङ निष्कने कालधारा मार्ग सिल गरिएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी निरीक्षक राजकुमार भट्टले बताए।

उनको श्रीमतीमा भने संक्रमण देखिएको छैन । वडा जनप्रतिनिधिको आग्रहपछि स्वास्थ्य परिक्षण गर्न टेकु पुगेका श्रीमान र श्रीमती मध्ये ती पुरुषमा आइतवार कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।

प्रहरी निरीक्षक भट्टले भने– ती ब्यक्ति चैतको पहिलो हप्ता अष्टेलियाबाट खाडी मुलुक हुदै नेपाल आएका रहेछन् । तर, कोरोना भाइरसको संक्रमण भने यतिवेला देखिएको छ। कोरोना भाइरस संक्रमणको ‘ट्रेसिङ’ गर्ने कार्य भइरहेको छ ।

संक्रमित ब्यक्तिले पनि आफू नजिकैको तरकारी पसल र टोलको डेरी वाहेक अन्त कतै नगएको बताएको जानकारी वडा कार्यालयका प्रतिनिधिले दिएका छन्। उनमा कोरोनाको लक्षण समेत नभएको बताइएको छ ।

कालधाराको पूर्वी– उत्तरमा ठमेल र दक्षिण तिर खुशिबु टाउनप्लानिङबाट आउने सडकमार्ग बन्द गरिएको छ । संक्रमित ब्यक्ति बस्दै आएको घर र छिमेकीहरूका घर, किराना पसल र सडकमा ओहोर दोहोर गर्न निषेध गरिएको छ ।

त्यस्तै उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा शिक्षण अस्पतालसँगै चन्द्रागिरीमा तीन र चुच्चेपाटीमा चारवटा घर सिल गरिएको छ । भक्तपुरमा सबैभन्दा बढी ५८ वटा घर सिल गरिएको छ । दुवाकोटका चार, शंखधर चोकमा दुई, बेलुखेल ३५ र कमलविनायकस्थित टाउन–प्लानिङका १७ वटा घर सिल गरिएको छ ।

ललितपुरमा भने निदान अस्पतालसँगै जोडिएको होमियोप्याथिकका एक जना संक्रमित देखिएपछि यी दुई ठाउँमा सिल गरिएको छ ।

हालसम्म नेपालमा ४२ जिल्लाका ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै हालसम्म ८७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । ३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  १० : ३४ बजे

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि

रौतहटमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु

जनकपुरधाम – आपसी विवादमा रौतहटको गजुरा नगरपालिका–५ हरिपुरमा आज एक

माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते

गण्डकी – काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका