बूढानीलकण्ठमा भेटिएका कोरोना संक्रमित ‘निजी एम्बुलेन्स’ सञ्चालक « Khabarhub

बूढानीलकण्ठमा भेटिएका कोरोना संक्रमित ‘निजी एम्बुलेन्स’ सञ्चालक


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सोमबार बूढानीलकण्ठ नगरपालिकामा भेटिएका कोरोना भाइरस संक्रमित पुरुष ‘निजी एम्बुलेन्स’ सञ्चालक भएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारि गरेको विज्ञप्ति अनुसार, सोमबार थपिएका ७२ कोरोना संक्रमितमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३७ वर्षका एक पुरुष पनि थिए ।

नगरपालिकाका मयेर उद्धव प्रसाद खरेलका अनुसार, उनी आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोगगरेर अप्ठ्यारोमा परेकाहरूलाई अस्पताल पुर्‍याउँथे ।

‘हामीले पाँच वटा निजी एम्बुलेन्सका लागि अनुमति दिएका थियौं’ उनले भने, ‘उहाँहरुले डायलासिस गर्ने, सुत्केरीलगायतलाई आफ्नो निजी गाडीबाट अस्पताल लैजान र ल्याउन सहयोग गर्दै आउनु भएको थियो ।’

बुढानीलकण्ठ नगरपालिकाले जेठ ८ र ९ गते २ सय ७६ जनाको आरडीटी विधिबाट परीक्षण गरेको थियो । त्यस क्रममा ती पुरुषको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  १ : ०३ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको