ब्याज ६ महिनासम्म मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग « Khabarhub

ब्याज ६ महिनासम्म मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग


१२ जेष्ठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालभर सञ्चालनमा रहेका पेट्रोल पम्पमा लगानी भएका बैँकहरुको कर्जाको व्याज ६ महिनासम्मका लागि मिनाहा गर्न पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले नेपाल आयल निगमसँग माग राखेको छ ।

दुई महिना लामो बन्दाबन्दीमा पेट्रोलियम पदार्थको खपतमा कमी आएको भन्दै संस्थाले निगमसँग बैँकको किस्ता भुक्तानी अवधि बढाउनका लागि आवश्यक पहल गर्न तथा अन्य व्यवसायसरह पम्प व्यवसायलाई पुनर्कर्जाको व्यवस्थाका लागि समेट्न आग्रह गरेको छ ।

एशोसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानका अनुसार बन्दाबन्दीका कारण पेट्रोलियम व्यवसायमा समेत प्रत्यक्ष प्रभाव परेको र कर्मचारीलाई तलब भुक्तानीमा समस्या भएकाले कारोबार बन्द भएका अवधिमा कर्मचारीको तलव निगमका तर्फबाट भुक्तानी गर्ने लगायत सातबुँदे माग राखिएको छ ।

एसोसिएसनमा आबद्ध एक हजार पाँच सय पम्पमा करीब पाँच हजार कर्मचारी छन् । एउटा पम्पमा पाँच देखि १० जना कर्मचारीले काम गर्दै आएका एशोसिएशनको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  १० : १४ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा