नोटमा केरमेट नगर्न केन्द्रीय बैंकको आग्रह « Khabarhub

नोटमा केरमेट नगर्न केन्द्रीय बैंकको आग्रह


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले सफा नोट नीतिका विषयमा थप स्पष्ट पारेको छ ।

बैंकले आज विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाले सफा नोटका सम्बन्धमा आएका गुनासालाई समाधान गर्न थप प्रष्ट पारेको हो ।

केन्द्रीय बैंकले आफ्नो संस्थामा प्राप्त हुन आएका नोटलाई एटिएम लगायतका मेशिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य नोट काउण्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन वर्गमा छुट्याउनुपर्ने गरी व्यवस्था गरिएको जनाएको छ ।

केन्द्रीय बैंकले सफा नोट नीति २०७३ मा संशोधन गरी चलनचल्तीमा जाने नोटका सम्बन्धमा थप व्यवस्था गरेको स्पष्ट पार्दै संशोधनको प्रमुख उद्देश्य सर्वसाधारणमा सफा नोटको प्रयोगलाई प्रोत्साहित गर्ने रहेको जनाएको छ ।

कोभिड–१९ महामारीका कारण नोट छपाइ तथा ढुवानीमा भैरहेको असहजतालाई दृष्टिगत गरी प्रयोगमा ल्याउन सकिने अवस्थामा रहेका ठूलो सङ्ख्याका नोटलाई जलानमा नलगी पुनः बजारमा लैजान सहयोग पु¥याउनु नै रहेको बैंकले थप प्रष्ट पारेको छ । सफा नोट नीतिमा गरिएको संशोधनले चलनचल्तीमा जान अयोग्य नोटका बारेमा रहेको साविकको व्यवस्थालाई थप प्रष्ट मात्र पारेको र यस व्यवस्थाले सर्वसाधारणलाई कुनै असुविधा नहुने बैंकका प्रवक्ता डा गुणाकर भट्टले जानकारी दिए ।

बैंक तथा वित्तीय संस्थाको मुद्रा व्यवस्थापनलाई प्रभावकारी बनाउन मद्दत पु¥याउने, सफा नोटको प्रयोगलाई वढावा दिने र यी संस्थाहरुले एटिएम मेशिनमा राख्न मिल्ने नोटलाई हरियो रङ्गको फरक स्लिप लगाउनुपर्ने नयाँ व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले एटिएमलगायतका मेशिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा हरियो रङ्गको स्लिप प्रयोग गर्नुपर्ने, काउण्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा सेतो रङ्गका स्लिप प्रयोग गर्नुपर्ने नयाँ व्यवस्था गरेको छ ।

चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रङ्गको स्लिप प्रयोग गर्नुपर्ने र नोटमा स्टिचको प्रयोग नगर्न भनिएको छ । त्यसमा आवश्यकतानुसार रबर/प्लाष्टिक जस्ता सामग्री प्रयोग गर्न तथा नोटमा नलेख्ने, केरमेट नगर्ने र हिफाजत गर्ने/गराउने व्यवस्था मिलाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । त्यस्तै झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको नोट नचलाउने भनिएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  १० : २७ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन ३१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि