पञ्चेश्वरमा सशस्त्रको बीओपी स्थापना गरिने « Khabarhub

पञ्चेश्वरमा सशस्त्रको बीओपी स्थापना गरिने


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) स्थापना हुने भएको छ ।

केही दिनभित्रै पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बीओपी स्थापनाको तयारी थालिएको हो ।

पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा हाल सशस्त्रको पोस्ट खडा गरिएको छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको उक्त पोेस्टलाई नै बीओपीमा रुपान्तरण गरिन लागिएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले बताए ।

उक्त बीओपीको औपचारिक उद्घाटन सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथाकीले गर्ने जनाइएको छ ।  बीओपी स्थापनाका लागि पञ्चेश्वर गाउँपालिकाले १५ रोपनी जग्गा उपलब्ध गराएको छ । बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली रहने छ ।

बैतडीमा भारतसँग सीमा जोडिएको ६१ किलोमिटर क्षेत्र रहेको छ । यसअघि बैतडीको झुलाघाटमा पनि गत जेठ १० गते बीओपी स्थापना गरिएको थियो ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ६ : ३८ बजे

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन