कोरोना भाइरस: विश्वभर ९५ लाखभन्दा बढी संक्रमित « Khabarhub

कोरोना भाइरस: विश्वभर ९५ लाखभन्दा बढी संक्रमित


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका कारण विश्वभर ९५ लाखभन्दा बढी संक्रमित भएका छन् । बिहीवार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९५ लाख २६ हजार ३ सय ८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर झण्डै २ लाख व्यक्तिमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

कोरोना भाइरसका कारण हालसम्म ४ लाख ८४ हजार ९ सय ५६ जनाले ज्यान गुमाएका छन् भने ५१ लाख ७४ हजार ६ सय ८६ निको भएर घर फर्किएका छन् ।

यो समाचार तयार पार्दासम्म  ३८ लाख ६६ हजार १ सय ८६ जना कोरोना भाइरसका बिरामी छन् । तीमध्ये ५८ हजार ४ सय १८ जना सिकिस्त छन् ।

विश्वका २ सय १५ राष्ट्रमा कोरोना भाइरसको महामारी फैलिएको छ । पछिल्लो समय सयुंक्त राज्य अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् ।

अमेरिकामा २४ लाख ६२ हजार ५ सय ५४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने १ लाख २४ हजार जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।

अमेरिकापछि ब्राजिलमा संक्रमितको सङ्ख्या बढी छ । ब्राजिलमा ११ लाख ९२ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ । ज्यान गुमाउनेको संख्या ५३ हजार ८ सय ७४ पुगेको छ ।

यस्तै रसियामा ६ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ लाख ६८ हजार निको भएर घर फर्किएका छन् भने ८ हजार ५ सयले ज्यान गुमाएका छन् ।

छिमेकी मुलुक भारतमा पनि संक्रमितको संख्यामा वृद्धि भएको छ । अमेरिका, ब्राजिल र रसियापछि सबैभन्दा बढी संक्रमित भेटिएको देशमा भारत पर्छ ।

भारतमा समाचार तयार पार्दासम्म ४ लाख ७२ हजार ९ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ भने १४ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरसबाट युरोपेली देशमा २३ लाख ५६ हजार ९ सय १० जना कोरोना संक्रमित भएका छन् । यीमध्ये १३ लाख १ हजार निको भइसकेका छन् भने १ लाख ८९ हजार जनाले ज्यान गुमाएका छन् ।

उत्तर अमेरिकी मुलुकमा २८ लाख ६७ हजार ५ सय जना कोरोना भाइरस संक्रमित भएका छन् । तीमध्ये १ लाख ५९ हजार ८ सय जनाले ज्यान गुमाएका छन् भने १३ लाख संक्रमित निको भइसकेका छन् ।

एसियाली मुलुकमा सबैभन्दा प्रभावित देश भारत रहेको छ । त्यसपछि इरान, टर्की, पाकिस्तान र साउदी अरबमा बढी संक्रमित देखिएका छन् ।

एसियाली मुलुकमा २० लाख २६ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो समाचार तयार पार्दासम्म एसियाली मुलुकका ५० हजारले ज्यान गुमाइसकेका छन् भने १३ लाखभन्दा बढी निको भइसकेका छन् ।

अफ्रिकी मुलुकमा ३ लाख ३८ हजार जना कोरोना संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार ८ हजार ८ सय जनाले ज्यान गुमाएका छन् भने १ लाख ६३ हजार निको भएर घर फर्किएका छन् ।

यस्तै नेपालमा बिहीवार बिहानसम्म १० हजार ७ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । यस्तै २ हजार ३ सय ३८ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ७ : ५९ बजे

श्रीमतीको खुर्पा प्रहार गरी हत्या, श्रीमान् पक्राउ

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनय त्रिवेणी गाउँपालिकामा श्रीमान्ले खुर्पा

नेकपाको माग : विपक्षी र सर्वसाधारण धम्क्याउने मन्त्रीका गतिविधि रोकियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केही

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट