लाखौं लुटेको आरोपमा घुमुवा प्रहरीसहित दुई जना पक्राउ « Khabarhub

लाखौं लुटेको आरोपमा घुमुवा प्रहरीसहित दुई जना पक्राउ


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले लाखौं रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा दुई जना प्रहरीलाई नै पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले प्रहरी हवल्दार धिरेन विष्ट र प्रहरी जवान विक्रमकुमार चन्दलाई काठमाडौंको न्यूरोडबाट १० लाख रुपैयाँ लुटेको आरोपमा पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी दिपककुमार थापाका अनुसार विष्ट महानगरीय प्रहरी परिसर, काठमाडौंको घुमुवा टोलीमा कार्यरत थिए भने चन्द प्रहरीको २ नम्बर गणमा कार्यरत थिए ।

प्रहरीले दुई जनालाई नै न्यूरोडका व्यवसायी विकास अग्रवालको जाहेरीका आधारमा पक्राउ गरेको हो । एसएसपी थापाका अनुसार, जाहेरीका आधारमा प्रहरीले क्लोज सर्किट (सीसी) क्यामेरा फुजेट मगाएर अनुसन्धान गरेको थियो । त्यस क्रममा दुई जना प्रहरीले रकम लगेको भेटिएको थियो ।

काठमाडौं प्रहरीले यसबारेमा थप अनुसन्धान गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ९ : १९ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले