कोरोना भाइरसविरुद्धको नयाँ खोपको परीक्षण सुरू « Khabarhub

कोरोना भाइरसविरुद्धको नयाँ खोपको परीक्षण सुरू


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण बेलयातमा सुरू भएको छ । स्वत:स्फूर्त रुपमा खोपको परीक्षणमा सहभागी हुन चाहेका व्यक्तिलाई सम्भवित नयाँ खोपको डोज दिने प्रक्रिया थालिएको वैज्ञानिकले बताएका छन् ।

परीक्षणमा सहभागी हुने व्यक्तिहरूलाई हाल ‘इम्युनाइज्ड्’ गर्न थालिएको हो । इम्पेरियल कलेज लण्डनका प्राध्यापक रोबिन शाट्टोक र उनका सहकर्मीहरूको नेतृत्वमा परीक्षण सुरू भएको हो । झण्डै ३०० जनालाई आउँदा हप्ताहरूमा कोरोना भाइरसविरुद्धको सम्भावित खोप दिइने छ ।

जनावरमा गरिएको परीक्षणमा खोप सुरक्षित र प्रतिरक्षामा राम्रो काम गर्ने देखिएपछि मानवीय परीक्षण सुरू भएको हो ।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले तयार पारिरहेको खोपको मानवीय परीक्षण भने यसअघि नै सुरू भएको थियो । सो खोपको तेस्रो चरणको मानवीय परीक्षणको तयारी हुँदैछ ।

विश्वभर कोरोना भाइरसविरुद्धको खोप बनाउनका लागि वैज्ञानिक तथा अनुसन्धान संस्थाहरू जुटेका छन् । अहिलेसम्ममा कोरोना भाइरसविरुद्धका सम्भावित १२० खोपमा काम भइरहेको छ ।

इम्पेरियल कलेजको टिमले बनाएको खोपको परीक्षणमा स्वतन्त्रमा रुपमा सहभागी हुन चाहेका व्यक्तिलाई प्रारम्भिक डोज दिइने छ ।

पहिलो चरणको परीक्षणको रिपोर्ट आएपछि यो खोपको दोस्रो चरणको मानवीय परीक्षण आउँदो अक्टोबरमा सुरू हुनेछ । दोस्रो चरणको परीक्षणमा ६ हजार मानिस सहभागी हुने छन् ।

इम्पेरियल कलेजका वैज्ञानिकहरूले अहिले परीक्षणमा रहेको खोप आउँदो वर्ष (सन् २०२१) को सुरूमा बेलायत तथा विश्वका अरु देशमा पनि वितरण गर्न सकिने बताएका छन् ।

यसैबीच बेलायती राजकुमार विलियम्सले अक्सोफोर्ड विश्वविद्यालयमा खोपको परीक्षणका लागि स्वतन्त्ररुपमा सहभागी भएका व्यक्तिहरूलाई भेटेका छन् । द ड्युक अफ क्याम्ब्रिजले परीक्षणमा सहभागी भएका व्यक्तिहरूलाई धन्याबाद ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ९ : ३३ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग