कोरोना भाइरसविरुद्धको नयाँ खोपको परीक्षण सुरू « Khabarhub

कोरोना भाइरसविरुद्धको नयाँ खोपको परीक्षण सुरू


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण बेलयातमा सुरू भएको छ । स्वत:स्फूर्त रुपमा खोपको परीक्षणमा सहभागी हुन चाहेका व्यक्तिलाई सम्भवित नयाँ खोपको डोज दिने प्रक्रिया थालिएको वैज्ञानिकले बताएका छन् ।

परीक्षणमा सहभागी हुने व्यक्तिहरूलाई हाल ‘इम्युनाइज्ड्’ गर्न थालिएको हो । इम्पेरियल कलेज लण्डनका प्राध्यापक रोबिन शाट्टोक र उनका सहकर्मीहरूको नेतृत्वमा परीक्षण सुरू भएको हो । झण्डै ३०० जनालाई आउँदा हप्ताहरूमा कोरोना भाइरसविरुद्धको सम्भावित खोप दिइने छ ।

जनावरमा गरिएको परीक्षणमा खोप सुरक्षित र प्रतिरक्षामा राम्रो काम गर्ने देखिएपछि मानवीय परीक्षण सुरू भएको हो ।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले तयार पारिरहेको खोपको मानवीय परीक्षण भने यसअघि नै सुरू भएको थियो । सो खोपको तेस्रो चरणको मानवीय परीक्षणको तयारी हुँदैछ ।

विश्वभर कोरोना भाइरसविरुद्धको खोप बनाउनका लागि वैज्ञानिक तथा अनुसन्धान संस्थाहरू जुटेका छन् । अहिलेसम्ममा कोरोना भाइरसविरुद्धका सम्भावित १२० खोपमा काम भइरहेको छ ।

इम्पेरियल कलेजको टिमले बनाएको खोपको परीक्षणमा स्वतन्त्रमा रुपमा सहभागी हुन चाहेका व्यक्तिलाई प्रारम्भिक डोज दिइने छ ।

पहिलो चरणको परीक्षणको रिपोर्ट आएपछि यो खोपको दोस्रो चरणको मानवीय परीक्षण आउँदो अक्टोबरमा सुरू हुनेछ । दोस्रो चरणको परीक्षणमा ६ हजार मानिस सहभागी हुने छन् ।

इम्पेरियल कलेजका वैज्ञानिकहरूले अहिले परीक्षणमा रहेको खोप आउँदो वर्ष (सन् २०२१) को सुरूमा बेलायत तथा विश्वका अरु देशमा पनि वितरण गर्न सकिने बताएका छन् ।

यसैबीच बेलायती राजकुमार विलियम्सले अक्सोफोर्ड विश्वविद्यालयमा खोपको परीक्षणका लागि स्वतन्त्ररुपमा सहभागी भएका व्यक्तिहरूलाई भेटेका छन् । द ड्युक अफ क्याम्ब्रिजले परीक्षणमा सहभागी भएका व्यक्तिहरूलाई धन्याबाद ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ९ : ३३ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा