पशुपतिनाथमा भक्तजनका लागि पूजाको व्यवस्था मिलाइँदै « Khabarhub

पशुपतिनाथमा भक्तजनका लागि पूजाको व्यवस्था मिलाइँदै


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बन्दाबन्दी शुरु भएदेखि नै भक्तजनलाई प्रवेशमा रोक लगाइएको पशुपतिनाथ मूल मन्दिरमा पूजाको व्यवस्था मिलाउने तयारी गरिएको छ ।

सरकारले मठ मन्दिरलाई खुला गरेपछि भक्तजनलाई सुरक्षित तरिकाले दर्शन गराएर फर्काउनका लागि कार्यविधि बनाएर तयारी थालिएको पनि कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

भक्तजनलाई सरकारले तोकेअनुसारको दूरीमा राख्ने, पर्याप्तमात्रामा स्वयंसेवक खटाउने, चन्दन पातमा राखेर दिने निधारमा नलगाइदिनेलगायत व्यवस्था गर्न लागिएको कोषले जनाएको छ ।

आगामी असार २१ गतेदेखि मठ मन्दिर एवं सार्वजनिक यातायात दूरी कायम गरेर सेवा सञ्चालन गर्ने गरी खुला हुनसक्ने भएकाले त्यसैअनुसार तयारी गरिएको छ ।

असार १ गतेदेखि पशुपति क्षेत्रको सरसफाइका लागि सफाइकर्मीलाई विशेषरुपमा परिचालनसमेत गरिएको छ । चैत ११ गतेदेखि जारी बन्दाबन्दीका क्रममा पशुपति क्षेत्रको सबैतिर सफाइ हुन नसकेको गुनासो स्थानीयवासीबाट आएको थियो ।

असार १ गतेदेखि बन्दाबन्दीलाई खुकुलो बनाइए पनि मठमन्दिर, शैक्षिक संस्था र सार्वजनिक यातायात भने खोलिएको छैन ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  १० : १३ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७