पशुपतिनाथमा भक्तजनका लागि पूजाको व्यवस्था मिलाइँदै « Khabarhub

पशुपतिनाथमा भक्तजनका लागि पूजाको व्यवस्था मिलाइँदै


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बन्दाबन्दी शुरु भएदेखि नै भक्तजनलाई प्रवेशमा रोक लगाइएको पशुपतिनाथ मूल मन्दिरमा पूजाको व्यवस्था मिलाउने तयारी गरिएको छ ।

सरकारले मठ मन्दिरलाई खुला गरेपछि भक्तजनलाई सुरक्षित तरिकाले दर्शन गराएर फर्काउनका लागि कार्यविधि बनाएर तयारी थालिएको पनि कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

भक्तजनलाई सरकारले तोकेअनुसारको दूरीमा राख्ने, पर्याप्तमात्रामा स्वयंसेवक खटाउने, चन्दन पातमा राखेर दिने निधारमा नलगाइदिनेलगायत व्यवस्था गर्न लागिएको कोषले जनाएको छ ।

आगामी असार २१ गतेदेखि मठ मन्दिर एवं सार्वजनिक यातायात दूरी कायम गरेर सेवा सञ्चालन गर्ने गरी खुला हुनसक्ने भएकाले त्यसैअनुसार तयारी गरिएको छ ।

असार १ गतेदेखि पशुपति क्षेत्रको सरसफाइका लागि सफाइकर्मीलाई विशेषरुपमा परिचालनसमेत गरिएको छ । चैत ११ गतेदेखि जारी बन्दाबन्दीका क्रममा पशुपति क्षेत्रको सबैतिर सफाइ हुन नसकेको गुनासो स्थानीयवासीबाट आएको थियो ।

असार १ गतेदेखि बन्दाबन्दीलाई खुकुलो बनाइए पनि मठमन्दिर, शैक्षिक संस्था र सार्वजनिक यातायात भने खोलिएको छैन ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  १० : १३ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि