लद्दा पुगेका भारतीय सेनाका प्रमुख जनरल नरवणेले भने- उच्च नैतिकता र जोशका साथ काम गर्नुहोस् « Khabarhub

लद्दा पुगेका भारतीय सेनाका प्रमुख जनरल नरवणेले भने- उच्च नैतिकता र जोशका साथ काम गर्नुहोस्


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारत-चीनबीचको सीमा विवाद बढेपछि अहिले लद्दाख क्षेत्र सर्वाधिक चर्चामा छ ।

चीनसँग सीमा विवाद चर्किएको र हालै वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भएको भिडन्तपछिको अवस्था बुझ्नका लागि भारतीय सेना प्रमुख जनरल एमएम नरवणेले लद्दाखको भ्रमण गरेका छन् ।

सेना प्रमुख नरवणेले पूर्व लद्दाखमा रहेको सेनाको क्याम्पको अवलोकन गरेका हुन् । उनले सैनिकहरुलाई उच्च नैतिकता कायम राखी उत्साह र जोशका साथ काम गर्न निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ सेनासँगको भिडन्तमा सहभागी भएका सैनिकहरुलाई उनले सम्मान पनि गरे । सेना प्रमुख नरवणे दुई दिने भ्रमणका लागि बुधबार लद्दाख पुगेका हुन् । उनले बुधबार पूर्व लद्दाखको सीमा क्षेत्रको अवलोकन गरेका छन् ।

बुधबार वर्किङ्ग मेकानिजम फर कन्सलटेशन एण्ड कोअर्डिनेशन अन इन्डिया–चाइना बोडर अफिअर्स (डब्लुएमसिसी) को महत्वपूर्ण बैठकको तयारी भइरहेका बेला सेना प्रमुख नरवणेको भ्रमण भएको हो ।

जुन १५ को राति गलवान उपत्यकासँग सीमा जोडिएको एलएसी क्षेत्रमा भारत र चीनका सेनाबिच भिडन्त भएको थियो । सो भिडन्तमा भारतीय सेनाका एक उच्च अधिकारीसहित २० जनाको ज्यान गएपछि दुई देशको तनाव उत्कर्षमा पुगेको छ ।

दुवै देशले तनाव क मगर्न सैन्य तथा कूटनीतिक तहमा वार्ता भइरहेको बताएका छन्।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  १० : ०० बजे

अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव राष्ट्रसङ्घद्वारा पारित 

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित

कपनमा पुलमुनि झुण्डिएको अवस्थामा एक पुरुष फेला

काठमाडौँ– काठमाडौँ कपनमा झुण्डिएको अवस्थामा एक पुरुष भेटिएका छन् ।

फिल्म ‘मुक्तिपुर’को छायाङ्कन सुरू

काठमाडौं – फिल्म ‘मुक्तिपुर’को टोली शुभ मुहूर्तसँगै छायाङ्कनमा निस्किएको छ

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना