प्रधानमन्त्रीले लेखेको गीत ‘बन्छ नमुना नेपाल’ सार्वजनिक « Khabarhub

प्रधानमन्त्रीले लेखेको गीत ‘बन्छ नमुना नेपाल’ सार्वजनिक

प्रधानमन्त्री ओलीको उपचार गर्ने डाक्टरले नै गाए गीत


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको “बन्छ नमूना नेपाल” गीत प्रधानमन्त्री ओलीकै उपचारमा खटिएका चिकित्सकलाई गाएका छन् ।

त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेश सिंह भण्डारीले प्रधानमन्त्री ओलीको गीतमा संगीत र स्वर दिएका हुन् ।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुनुअघि भएको एपेन्डिक्सको शल्यक्रिया डा भण्डारीले गरेका थिए ।

प्रधानमन्त्री ओली एपेन्डिक्सको शल्यक्रिया गरेपछि आइसियुमा रहदा डा भण्डारीकै निगरानीमा थिए । डा भण्डारी सानैदेखि गीत संगीतमा रुची भएका व्यक्ति हुन् ।

आइसियुमा रहँदा प्रधानमन्त्री ओलीलाई समय कटाउन सहज होस् भनेर डा भण्डारीले प्रधानमन्त्री ओलीलाई आफुले गाएका गीतहरु मोवाइलमा रेकर्ड गरेर सुनाउने गर्थें ।

सोही संक्रममा प्रधानमन्त्री ओलीले आफुले लेखेको गीत पनि गाउँन डा भण्डारीलाई आग्रह गरेका थिए । सोही क्रमममा प्रधानमन्त्री ओलीको कविता आएपछि डा भण्डारीले उक्त कवितालाई कम्पोज गरेर प्रधानमन्त्री ओलीलाई सुनाएका थिए ।

गीत रेडर्क भएपछि प्रधानमन्त्री ओली खुसी भएको डा भण्डारीले बताए ।

डा भण्डारीले खबरहबसँग भने, “यो गीतलाई रेकर्ड गर्नुअघि मैले घरमा गितार बजाएर कम्पोजिसन गरेर लिएर गएको थिए, उहाँलाई त्यो सुनाए, उहाँलाई मन पर्‍यो अनि मैले रेकर्ड गरे, गीत रेकर्ड भएपछि पनि सुनाए उहाँ धेरै खुसी हुनुभयो, प्रधानमन्त्रीको गीत गाउँन पाउँदा मलाई पनि खुसी लाग्यो ।”

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  १२ : १६ बजे

काठमाडौं प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

राँझा– नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको

जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा ट्रस पुल निर्माण

दमौली– तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ स्थित फेदीखोलामा ट्रस

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता