त्रिभुवन विमानस्थलमा आज १५ उडान, कहाँबाट कतिको उद्धार ? « Khabarhub

त्रिभुवन विमानस्थलमा आज १५ उडान, कहाँबाट कतिको उद्धार ?


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि एकै दिन १५ अन्तर्राष्ट्रिय उडान भएका छन् ।

यसअघि बुधबार र मङ्गलबार पनि अन्तर्राष्ट्रियतर्फ समान १४ उडान भएका थिए । यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । विभिन्न मुलुकबाट उद्धार उडानमार्फत आज एक हजार ३०० भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।

विभिन्न एयरलाइन्सले विदेशमा अलपत्र परेका नेपालीलाई धमाधम चार्टर्ड उडान गरी काठमाडौँ ल्याइरहेका हुन् । आज नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिताबाट २४२ यात्रु र दुई बच्चा र कुवेतबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ । सोही एयरलाइन्सका दुई जहाज नेपाली ल्याउन बहराइन उडेको विमानस्थलले जनाएको छ ।

त्यस्तै हिमालय एयरलाइन्सले अबुदाबीबाट १५४ र दोहाबाट १५६ यात्रु काठमाडौँ ल्याएको विमानस्थलले विज्ञप्तिमार्फत जनाएको छ । जजीरा एयरलायन्सले कुवेतबाट १४६ यात्रु र एक बच्चा ल्याएको छ । उक्त एयरलाइन्सको जहाज नेपाली ल्याउन पुनः कुवेत उडेको छ ।

कतार एयरवेजले दोहाबाट १४७ यात्रु काठमाडौँ ल्याएको छ । फ्लाइ दुबईले दुबईबाट १८९ यात्रु र एक बच्चा ल्याएको छ । सोही एयरलाइन्सको अर्को उडानले जम्मा एक यात्रु काठमाडौँ ल्याएको जनाइएको छ ।

शुक्रबार पनि अन्तराष्ट्रियतर्फ १० उडान हुने कार्यतालिका विमानस्थलले सार्वजनिक गरेको छ । दमाम, रियाद, याङ्गुन, बहराइन, क्वालालम्पुर र मेलबर्नमा चार्टर्ड उडान हुने विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  १० : ४४ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर