त्रिभुवन विमानस्थलमा आज १५ उडान, कहाँबाट कतिको उद्धार ? « Khabarhub

त्रिभुवन विमानस्थलमा आज १५ उडान, कहाँबाट कतिको उद्धार ?


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि एकै दिन १५ अन्तर्राष्ट्रिय उडान भएका छन् ।

यसअघि बुधबार र मङ्गलबार पनि अन्तर्राष्ट्रियतर्फ समान १४ उडान भएका थिए । यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । विभिन्न मुलुकबाट उद्धार उडानमार्फत आज एक हजार ३०० भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।

विभिन्न एयरलाइन्सले विदेशमा अलपत्र परेका नेपालीलाई धमाधम चार्टर्ड उडान गरी काठमाडौँ ल्याइरहेका हुन् । आज नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिताबाट २४२ यात्रु र दुई बच्चा र कुवेतबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ । सोही एयरलाइन्सका दुई जहाज नेपाली ल्याउन बहराइन उडेको विमानस्थलले जनाएको छ ।

त्यस्तै हिमालय एयरलाइन्सले अबुदाबीबाट १५४ र दोहाबाट १५६ यात्रु काठमाडौँ ल्याएको विमानस्थलले विज्ञप्तिमार्फत जनाएको छ । जजीरा एयरलायन्सले कुवेतबाट १४६ यात्रु र एक बच्चा ल्याएको छ । उक्त एयरलाइन्सको जहाज नेपाली ल्याउन पुनः कुवेत उडेको छ ।

कतार एयरवेजले दोहाबाट १४७ यात्रु काठमाडौँ ल्याएको छ । फ्लाइ दुबईले दुबईबाट १८९ यात्रु र एक बच्चा ल्याएको छ । सोही एयरलाइन्सको अर्को उडानले जम्मा एक यात्रु काठमाडौँ ल्याएको जनाइएको छ ।

शुक्रबार पनि अन्तराष्ट्रियतर्फ १० उडान हुने कार्यतालिका विमानस्थलले सार्वजनिक गरेको छ । दमाम, रियाद, याङ्गुन, बहराइन, क्वालालम्पुर र मेलबर्नमा चार्टर्ड उडान हुने विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  १० : ४४ बजे

राष्ट्रपति पौडेलद्वारा गोरखकाली र गोरखनाथ मन्दिरमा विशेष पूजाअर्चना

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले गोरखामा रहेको नेपालकै प्रसिद्ध धार्मिकस्थल गोरखकाली

स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको पारिश्रमिक बढाउन सांसद शाहीको प्रस्ताव

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर

त्यो ‘सूर्य ओढार’ मात्र होइन !

कपिलवस्तु — कपिलवस्तुको सीमा नजिकै पर्छ, सूर्य ओढार । बाणगङ्गा

बन्दपछि बन्दीपुर : पर्खाइमा ‘पहाडकी रानी’

डुम्रे — पछिल्ला दिन ‘पहाडकी रानी’ले परिचित बन्दीपुरमा आन्तरिक तथा

लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्र र जनमत पार्टी बाहिरिए

काठमाडौँ- लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्र र जनमत पार्टी बाहिरिएका