नेयरमारको गोलमा कोपा डी फ्रान्सको उपाधि पीएसजीलाई « Khabarhub

नेयरमारको गोलमा कोपा डी फ्रान्सको उपाधि पीएसजीलाई


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेरिस सेन्ट जर्मेन (पीएसजी)ले कोपा डि फ्रान्सको उपाधि जीतेको छ ।

घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा सेन्ट इटिनेलाई १–० ले पराजित गर्दै पीएसजीले कोपा डि फ्रान्सको उपाधि जीतेको हो ।

पीएसजीलाई च्याम्पियन बनाउन ब्राजिली स्टार फरवार्ड नेयमारले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १४औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

सेन्ट इटिनेका डिफेन्डर म्याथिउ डिबुचीको गल्तीमा फ्रेन्च फरवार्ड केलियन एमबाप्पेले नेयमारसँग वान टु वानमा उत्कृष्ट मुभमा गरेको प्रहारलाई सेन्ट इटिनेका गोलरक्षक जेसे मौलिनले बचाएपनि रिवाउन्डमा नेयमारले गोल गर्न सफल भएका थिए ।

३१औं मिनेटमा सेन्ट इटिने १० खेलाडीमा समेटिएको थियो । कप्तान लोइक पेरिन सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएको थियो ।

पीएसजीको यो सिजनको दोस्रो उपाधि हो । पीएसजी यसअघि फ्रेन्च कपको च्याम्पियन बनेको थियो । अब पीएसजीले फ्रेन्च लिग कपको उपाधिका लागि लियोनसँग १ अगस्टमा प्रतिस्पर्धा गर्नेछ ।

 

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ६ : ०२ बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.