ब्राजिलमा संक्रमितको संख्या २३ लाख नाघ्यो, ८५ हजारभन्दा बढीको मृत्यु « Khabarhub

ब्राजिलमा संक्रमितको संख्या २३ लाख नाघ्यो, ८५ हजारभन्दा बढीको मृत्यु


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रासिलिया – ब्राजिलमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको छ । यहाँ हरेक दिन हजारौँको संख्यामा संक्रमितहरु थपिएसँगै संक्रमितको संख्या २३ लाख नाघेको हो ।

यहाँ गएको २४ घन्टा यतामात्र संक्रमितको संख्या ५५ हजार नाघेको छ । शुक्रबार मात्र यहाँ ५५ हजार ८९१ जना संक्रमित थपिएका छन् । एकै दिनमा यतिधेरै संख्यामा संक्रमित थपिएका हुन् ।

तर बिहीबार मात्र पनि यो भन्दा पनि बढी संक्रमित थपिएका बताइएको थियो । बिहीबार मात्र त्यहाँ २४ घन्टामा ५९ हजार ९६१ जना संक्रमित थपिएका र एकै दिनमा यो पहिलो पटक त्यहाँ यतिधेरै संख्यामा संक्रमित थपिएको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जनाएका थिए ।

उनीहरुका अनुसार यो संख्या यहाँका संक्रमितको संख्या २३ लाख ४३ हजार ३६६ पुगेको छ । यहाँ संक्रमण शुरु भएयता देखि १५ लाख भन्दा बढी मानिस निको भएर घर फर्किएका पनि बताइएको छ ।

ब्राजिल विश्वमै सबैभन्दा धेरै संक्रमित भएका देशमध्ये दोस्रो हो । सबैभन्दा धेरै संक्रमितहरु अमेरिकामा छन् । अमेरिकामा कोरोनाका करिब ४० लाख संक्रमित पुगेका छन् ।

ब्रालिजमा गएको २४ घन्टायतामात्र १ हजार १५६ जनाको ज्यान गएको छ । कोरोना संक्रमितहरुको मृत्यु हुने संख्या पनि यहाँ दिनप्रतिदिन बढ्दै गएको देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले गएको मार्च ११ मा कोेभिड १९ लाई महामारीका रुपमा घोषणा गरेको थियो । त्यसयता विश्वका विभिन्न देशमा गरी एक करोड ५६ लाख मानिसहरु संक्रमित भइसकेका छन् ।

त्यस्तै यो महामारीबाट ६ लाख ३६ हजार जनाको ज्यान पनि गएको छ । यो भाइरसबाट सबैभन्दा बढी व्यक्ति संक्रमित हुने र ज्यान जाने देश अमेरिका हो ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  १२ : ३२ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा