सुनसरीको इनरुवामा पुनः लकडाउन « Khabarhub

सुनसरीको इनरुवामा पुनः लकडाउन


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सरकारले लकडाउन खुला गरेपनि सुनसरीको इनरुवा नगरपालिकामा पुनः लकडाउन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरी, इनरुवा नगरपालिका र उद्योग वाणिज्य संघ इनरुवासहित सरोकारवालाको बैठकले इनरुवामा आजदेखि पुनः लकडाउन गर्ने निर्णय गरेको संघका अध्यक्ष वीरेन्द्रकुमार साहले बताए ।

पीसीआर परीक्षणका क्रममा सुनसरीको इनरुवा घर भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै इनरुवामा पूर्णरूपले लकडाउन गरिएको हो ।

शुक्रबार साँझ सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको आपत्कालीन बैठकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालबाटै लागू हुने गरी इनरुवा क्षेत्रमा पूर्ण लकडाउन कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।

लकडाउनका कारणले इनरुवा बजार सुनसान देखिएको छ । इनरुवा–३ घर भएका व्यक्ति कार्यालय आउजाउका क्रममा परिवारसँगको सम्पर्कमा आएको आधारमा क्लोज कन्टयाक्टको अवस्था पहिचान गर्न थालिएको छ ।

परिवारसहित १२ जनाको ट्रेसिङ गरिएको र ट्रेसिङमा आएकाको स्वाब लिएर परीक्षण गरेको छ । विराटनगरमा गरिएको परीक्षणका क्रममा इनरुवा घर भएका पुरुषमा कोरोना सङ्क्रमण देखापरेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ५ : ३३ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी