मिचिएको जमिन फर्काउन एक ढिक्का भएर अघि बढौं : मन्त्री ज्ञवाली « Khabarhub

मिचिएको जमिन फर्काउन एक ढिक्का भएर अघि बढौं : मन्त्री ज्ञवाली


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एकताबद्ध भएर हालै नक्सामा समेटिएको नेपाली भूभाग फर्काउने प्रयास जारी रहेको बताएका छन् ।

मदन भण्डारी फाउण्डेशन काभ्रेलाञ्चोकद्वारा आयोजित जिल्ला भेलालाई आज बनेपामा सम्बोधन गर्दै उनले सिंगो देश एक ढिक्का भएर जमिन फर्काउन अघि बढ्नुपर्ने बताए ।

उनले भने, “मित्रराष्ट्र भारतसँग एकताबद्ध भएर वार्ताको टेबुलबाट तथ्य, प्रमाणहरू सबै राखेर आफ्नो स्वामित्वलाई फर्काउनुपर्नेछ ।”

वास्तविक नक्सा मात्र बनाएर मात्रै नहुने चर्चा गर्दै मन्त्री ज्ञवालीले जमिन फर्काउन भन्नजस्तो सजिलो नभएको जनाए ।

उनले भने, “भन्न त सजिलो छ, नक्सा त जहिले छापे पनि हुन्थ्यो नि, तर प्रक्रियागत ढङ्गले अघि बढ्नुपर्छ सफलतामा पक्कै पुगिन्छ ।”

उनले वास्तविक नेपाली भूभागसहितको नक्सा जारी गर्न दह्रो मुटु भएको, राष्ट्रियताको लागि लड्ने एउटा नायक चाहिन्थ्यो, सोहीअनुसार जारी भएको दाबी गरे ।

“कुर्सी जेसुकै होस् तर म राष्ट्रियताका लागि लड्छु भन्ने हिम्मत, कुर्सीबाट हट्न परे पनि आफ्नो भूमि छोड्दिन भन्ने हिम्मत चाहिन्थ्यो”, उनले भने ।

सिङ्गो देश एकताबद्ध भएकाले मात्रै नक्सा जारी सम्भाव भएको पनि उनको धारणा थियो ।

उनले नक्साअनुसारको संविधान संशोधन गरिएको क्षण यात्राको शुरुआत मात्रै भएको बताए ।

“जमिनलाई वास्तविकरूपमा भोगचलनमा ल्याउन धेरै काम गर्न बाँकी छ”, उनले भने ।

मन्त्री ज्ञवालीले कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइँमा नेपाल दक्षिण एशियामै प्रभावकारी सफलता प्राप्त गरेको दाबी गरे ।

“दक्षिण एशियामा कोरोनाविरुद्धको लडाइँमा नेपालले प्रभावकारी सफलता प्राप्त गरेको छ”, उनले भने ।

उनले नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलाल र मदन भण्डारी दुई व्यक्तिको पार्टी स्थापना र प्रतिपादित सिद्धान्त जबजको बाटोमा नै अगाडि बढिरहेको बताए ।

उनले भने, “समाजवादको भविष्य उज्ज्वल छ भन्ने मार्गदर्शक नै हाम्रो पनि मार्गदर्शक हो ।” पार्टी एकता जेठ ३ गते नै रोज्नुको कारण महत्वपूर्ण रहेको चर्चा गर्दै उनले एकता भूलचुकमा नभएको दाबी गरे ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ६ : ११ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको