नेकपा विभाजन हुँदैन : प्रमुख सचेतक गुरुङ « Khabarhub

नेकपा विभाजन हुँदैन : प्रमुख सचेतक गुरुङ


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न राजनीतिक दलका नेताहरुले वर्तमान अवस्थामा राष्ट्रिय सहमतिकोे आवश्यकता औँल्याएका छन् ।

आज काठमाडौंमा भएको साक्षात्कारमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले राष्ट्रिय सहमतिका साथ अघि बढ्नुको अर्काे विकल्प नरहेको बताए ।

उनले नेकपा फुट्दा नेपालको राष्ट्रियता नै सङ्कटमा पर्ने खतरा रहेको र बहस तथा छलफल भएपनि पार्टी नफुट्ने दाबी गरे ।

उनले भने, “पार्टी विभाजन हुनुहुँदैन, पार्टी विभाजनको बाटोबाट जानुहुँदैन, विभाजनको बाटोबाट जानु भनेको के हो प्रजातन्त्र सिद्धिने बाटोमा जानु हो ।”

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले देशका विभिन्न स्थानमा भएको बाढीपहिरो, कोरोनाको महामारी, हत्या, हिंसा, बलात्कार, एसिड आक्रमणजस्ता घटना नियन्त्रणमा लाग्न सरकारलाई आग्रह गरे ।

जनता समाजवादी पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले कोरोनाले भन्दा बढी मानिसले बाढीपहिरो र डुबानजस्ता विपत्ति भोग्दापनि सरकारले समयमै उद्धार र राहत व्यवस्था गर्न नसकेको आरोप लगाए ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ७ : ०४ बजे

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात