पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत सकिन्छ : नेता बाँस्कोटा « Khabarhub

पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत सकिन्छ : नेता बाँस्कोटा


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक-  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता गोकुलप्रसाद बाँस्कोटाले पार्टीमा एकले अर्काप्रति असहिष्णुता राखेमा एकतामा स्थायित्व नहुने बताएका छन् ।

नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले मदन भण्डारी फाउण्डेशन काभ्रेपलाञ्चोकको जिल्ला भेलालाई आज बनेपामा सम्बोधन गर्दै पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुने र जनताले पनि साथ दिँदैनन् भने ।

सांसद बाँस्कोटाले नेपालको इतिहासमा कम्युनिष्टले पहिलो पल्ट बहुमतको सरकार बनाएको जनाउँदै राष्ट्रिय सार्वभौमिकताका लागि एक भइरहन सबैलाई आग्रह गरे । उनले प्रश्न गरे, “वर्तमान सरकारले गणतन्त्रण्लाई स्थायित्व गरिरहेका सन्दर्भमा यही बहुमतको सरकार हटाएर के भनी जनताको बीचमा जाने ?”

बाँस्कोटाले देश र जनताका बाँकी कार्यभार पूरा गर्न तथा भावी पुस्तालाई सबल पार्टीका रुपमा प्रस्तुत गर्नुपर्ने ठूलो चुनौती रहेको बताए । उनले भने “जननेता मदन भण्डारीले प्रतिपादन गरेको विचारलाई आत्मसात् गर्नुपर्छ, सबै समस्या हल हुँदै जान्छन् ।” उनले भण्डारीको विचारलाई जनताको मनमनमा पु¥याउनुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज आनन्द पोखरेलले फाउण्डेशनको कार्यक्रम गर्दा गुटबन्दी भयो भन्नेले प्रधानमन्त्री ओलीको राजीनामा मागी गुटबन्दी गरेको आरोप बताए ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य रामहरि सुवेदी, वाग्मती प्रदेशसभा सदस्यत्रय वसुन्धरा हुमागाईँ, चन्द्र लामा र गोमा भुर्तेल, नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जुलगायतले जनताको बहुदलीय जनवाद हिजो, आज र भोलि पनि सान्दर्भिक रहेको विचार राखे ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ७ : ४९ बजे

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिटको पेसी आज

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर

बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ

काठमाडौँ – काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री

भोटेकोशी बाढीपछि चीनतर्फ पनि ठूलो क्षति, उद्धारमा जुट्यो चिनियाँ सेना

काठमाडौँ – नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले नेपालतर्फ