‘गुटले कांग्रेस कमजोर भयो’ « Khabarhub

‘गुटले कांग्रेस कमजोर भयो’


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका युवा नेताले गुटका कारण कांग्रेस कमजोर बन्दै गएको गुनासो गरेका छन् ।

उनीहरूले बदलिँदो समाजको चाहना अनुसारको एजेण्डा पार्टी नेतृत्वले समयमै बोक्न नसक्दा कांग्रेस राष्ट्रिय राजनीतिबाट खुम्चिँदै गएको बताएका हुन् ।

कांग्रेसलाई नेपाली राजनीतिमा भरोसायोग्य पार्टी बनाई राख्नका लागि भन्दै प्रजातान्त्रिक विचार समाजले शनिबार कांग्रेसका १३ जना युवा केन्द्रीय सदस्यहरुलाई एउटै मञ्‍चमा राखेर अर्न्तक्रिया गरेको थियो ।

कार्यक्रममा नेताहरु चन्द्र भण्डारी, एनपी सावद, गगन थापा, नविन्द्रराज जोशी, सुरेन्द्र पाण्डे, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, धनराज गुरुङ, पुष्पा भूषाल, बद्री पाण्डे, कमला पन्त, जीवन परियार, किरण यादव सहभागि थिए ।

कार्यक्रममा उपस्थित युवा नेताहरुले साथ दिने भए आफू सभापतिकै लागि उम्मेदवार बन्न तयार भएको गगन थापाले बताए ।

‘हामीमध्ये तपाईंहरु कसैले हिम्मत गर्नुहुन्छ भने पनि ठीक छ, म सहयोग गर्छु । मलाई सहयोग गर्ने हो भने म अघि बढ्न तयार छु,’ थापाले भने,‘१३ औं महाधिवेशनका बेलाको जस्तै हुन भएन ।त्यतिबे ला पनि यस्तै छलफल हुन्थे । सहयोगको कुरा हुन्थ्यो । तर, पछि रत्नपार्कमा एक्लै भोट माग्दै हिँड्न पर्‍यो ।’ थापा १३ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार थिए ।

उनले १४ औं महाधिवेशनमा जो सभापति भए पनि आगामी निर्वाचनमा पार्टी पराजित भएमा राजीनामा दिने परम्परा बसाल्न घोषणापत्रमा लेख्न सकिए ठूलो उपलब्धि हुने बताए ।

नेता भण्डारीले राष्ट्रियताको मुद्दा आउदा पार्टी केन्द्रीय कार्यसमितिको बैठक नै मौनधारणाजस्तो हुने गरेको प्रसंग उल्लेख गरे ।

कार्यक्रममा नेता सुरेन्द्र पाण्डेले विवेकको राजनीतिले समाज, परिवार र पार्टीमा सुरक्षित हुन नसकिने अवस्था रहेको बताए ।

कांग्रेस प्रवक्तासमेत रहेका युवा नेता विश्वप्रकाश शर्माले सभापति कसलाई बनाउने भन्नेबारे चर्चा हुने तर संगठन कस्तो बनाउने भन्नेबारेमा छलफल नहुने प्रवृतिको विकास हुँदासम्म धेरै आशा गर्न नसकिने बताए ।

अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरले युवा नेताहरुमा पनि समस्या र प्रश्न रहेको बताए ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ८ : ५६ बजे

सुनसरी घटनालाई लिएर केशी प्रदेशका मुख्यमन्त्रीबाट सर्वदलीय बैठक आह्वान

विराटनगर– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वदलीय बैठक

पूर्वप्रधानमन्त्री भट्टराई ग्राण्डी अस्पतालमा भर्ना

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिरामी परेपछि अस्पताल भर्ना

ठूलो परिमाणको लागूऔषधसहित काठमाडौँबाट तीनजना पक्राउ

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित तीन

रवि लामिछानेले दिए गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सर्वदलीय बैठक : संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

काठमाडौँ – सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई