न्यायका लागि साझाकाे तराजु यात्रा, माइतीघरमा सुतेरै विरोध (भिडियोसहित) « Khabarhub

न्यायका लागि साझाकाे तराजु यात्रा, माइतीघरमा सुतेरै विरोध (भिडियोसहित)


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साझा पार्टीले शनिबार राजधानीमा तराजु यात्रा निकालेकाे छ।

साझाले विभिन्न घटनामा पीडित भएकाहरुलाई नाय दिलाउनुपर्ने मागसहित तराजु यात्रा निकालेको हो ।

सर्वोच्च अदालतको पछिल्लो फैसलाले कानूनी राज्यको उपहास भएको पार्टीले जनाएको छ ।

फैसलाको विरुद्धमा साझा पार्टीका नेता तथा कार्यकर्ताहरुले न्यायको प्रतीक तराजुसहित माइतीघर नजिक सडकमा लम्पसार सुतेर विरोध जनाए ।

सशस्त्र प्रहरी बलका पूर्वनायब महानिरीक्षक रञ्जन कोइरालाले पत्नी गीता ढकालको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत र उच्च अदालतको जन्मकैद गर्ने फैसला सर्वोच्च अदालतले उल्टाएर दण्ड सजाय घटाएकोमा विरोध प्रदर्शन गरिएको थियो ।

विराेध प्रदर्शनमा उनीहरुले  रुकुम नरसंहारका दाेषीलाई कारबाही गर, पीडितलाई न्याय गर, भ्रष्टलाई सिंहदरबार हाेइन जेल हालाैं, निर्मलाहरुलाई न्याय दे, गैरन्यायिक फैसला चाहिँदैन दाेषीलाई उम्काउन पाइँदैन लेखिएका प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका थिए ।

पार्टीले न्यायका लागि साझा यात्रा नाम दिएर उक्त विरोधको अभियान शुरु गरेको जनाएको छ ।

यसअघि उक्त पार्टीले न्यायालयको समग्र सुधारको माग गर्दै ललितपुरको बखुण्डोलस्थित पार्टी कार्यालयबाट माइतीघर मण्डलासम्म साझा तराजु यात्रा आयोजना गरेको थियो ।

कार्यक्रममा प्रदेश नं ३ का सदस्य शोभा शाक्य र संयोजक रवीन्द्र मिश्र, नेतृ समीक्षा सापकोटालगायत उपस्थित भएका थिए ।

साझाको विरोध हेरौं भिडियो

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ९ : ४८ बजे

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन