हङकङमा एकै व्यक्तिमा दोस्रो पटक कोरोना भाइरसको संक्रमण « Khabarhub

हङकङमा एकै व्यक्तिमा दोस्रो पटक कोरोना भाइरसको संक्रमण


९ भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना संक्रमणमुक्त भइसकेका व्यक्तिमा पनि फेरि संक्रमण हुने गरेको तथ्य फेला परेको छ ।

हङकङमा एक ३० वर्षीय युवामा साढे ४ महिनाको अन्तरालमा दोस्रो पटक कोरोना संक्रमण भएको पाइएको बीबीसीले जनाएको छ ।

एकै व्यक्तिमा दोस्रो पटक संक्रमण देखिनु एकदमै विरलै भएको र त्यसबाट आत्तिनु पर्ने अवस्था नभएको विज्ञहरूले बताएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले पनि एक व्यक्तिमा देस्रो पटक देखिएको दुर्लभ केसलाई सामान्यकरण गर्न नहुने जनाएको छ ।

हङकङ विश्वविद्यालयका अनुसन्धानकर्ताहरू भने उही व्यक्तिमा कोरोनाभाइरसको पुनःसंक्रमण भेटिएसँगै केही व्यक्तिहरुमा कोरोनाविरुद्धको प्रतिरोधात्मक शक्ति केही महीनासम्म मात्रै रहने निष्कर्षमा पुगेका छन् ।

ती युवामा पहिलो पटक कोरोना भाइरस संक्रमणका क्रममा सामान्य लक्षण मात्र देखिएका थिए । पुनःसंक्रमणमा भने उनमा कुनै पनि लक्षण देखिएको छैन ।

ती युवा पछिल्लोपटक स्पेन भ्रमणबाट फर्किएका थिए । उनी भ्रमणकै क्रममा नयाँ कोरोनाभाइरसबाट संक्रमित भएको चिकित्सकको ठहर छ ।

उनमा देखिएका अहिलेका लक्षण गत जुलाईमा युरोपमा देखिएको भाइरससँग मिल्दो खालको भएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ६ : ०५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया