भैरहवाको भीम अस्पतालमा कोरोना संक्रमित एक बिरामीको मृत्यु | Khabarhub Khabarhub

भैरहवाको भीम अस्पतालमा कोरोना संक्रमित एक बिरामीको मृत्यु


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीको भैरहवास्थित भीम अस्पताल कोरोना संक्रमित एक बिरामीको मृत्यु भएको छ ।

रुपन्देहीको गैडहावा–३ का ५० वर्षीय एक पुरुषलाई सोमबार साँझ ५ बजेतिर भीम अस्पताल पुर्‍याएको थियो । अस्पताल पुगेको ३ घण्टापछि उनलाई भर्ना लिएकोमा राति नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई भदौ ५ गते कोरोना पोजेटिभ देखिएको थियो । घर बनाउने मिस्त्रीको काम गर्ने ती पुरुष छतबाट लडेर टाउकोमा चोट लागेका कारण उपचारका लागि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज गएका थिए । त्यहाँ कोरोना जाँच गर्दा पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ आएपछि मेडिकल कलेजले उनलाई भीम अस्पताल पठाएको थियो ।

उनका दाजुले अस्पतालले उपचार गर्न ढिलो गरेका कारण भाइको मृत्यु भएको भन्दै गुनासो गरेका छन् । उनले भने, ‘समयमै भर्ना लिएर आइसियुमा उपचार गरेको भए भाइ बाँच्ने थियो ।’ अस्पतालमा ५ बटा आइसियु बेड भए पनि जनशक्ति अभाव रहेको अस्पतालले जनाएको पनि उनले बताए ।

भीम अस्पतालमा कोरोना संक्रमित ९८ जनाको सफल उपचार भएको र मृत्युको घटना पहिलो भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  १० : ४३ बजे

लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छ : अध्यक्ष दाहाल

काठमाडौं – राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले दिगो विकासको राष्ट्रिय लक्ष्यको

अर्थसंक्षेप : वैदेशिक लगानी घट्दै, कैलालीमा स्मार्ट डिपो बनाउँदै आयल निगम

काठमाडौं– अघिल्लो आर्थिक वर्षको ६ महिना अवधिको तुलनामा चालु आर्थिक

म्यानमामा खानी भत्किँदा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो

एजेन्सी – उत्तरी म्यानमाको काचिन राज्यमा एक जेड खानी भत्किँदा

रविबारे अदालतको आदेश : कसुरदार होइनन् भन्ने अवस्था रहेन (पूर्णपाठ)

काठमाडौं- कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा सहकारी संस्थाको ठगी प्रकरणमा राष्ट्रिय

बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग

काठमाडौं – सङ्घीय गणतन्त्र जर्मनीले सर्लाही, रौतहट र काभ्रेपलाञ्चोकमा केही