सिनेमा हल बन्द हुँदा निर्मातालाई फाइदा ! « Khabarhub

सिनेमा हल बन्द हुँदा निर्मातालाई फाइदा !


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि नेपालमा चैत्र ११ गतेदेखि लकडाउन गरियो । फिल्म हल लकडाउन हुनुभन्दा पहिले नै बन्द गरिएको थियो ।

लकडाउनका कारण कुनै पनि फिल्म रिलिज हुन सकेका छैनन् । रिलिज मिति कुरेर बसेका आधा दर्जन फिल्म रिलिज नै हुन पाएका छैनन् ।

फिल्म ‘म यस्तो गीत गाउँछु २’, ‘प्रेम गीत ३’ लगायत केही फिल्मले त प्रचारमा खर्च समेत गरिसकेका थिए । तर, फिल्म रिलिज हुन पाएनन् ।

वर्षभरि रिलिज हुने फिल्ममध्ये २/४ वटा फिल्मले बाहेक अरु फिल्मले भने व्यापार गर्दैनन् ।

नेपालमा वर्षेनी रिलिज हुने फिल्ममध्ये धेरै फिल्म रिलिज हुने डुब्ने गरेका छन् । फिल्म निर्माण गरेर प्रायः निर्माताले घाटा बेहोर्नुपर्ने अवस्था आउँछ भने कतिपय निर्माताको उठिबास हुने गर्छ ।

अहिले फिल्म नबन्दा राम्रा फिल्म बनाएर फाइदामा जाने निर्मातालाई बाहेक अरु निर्मातालाई भने फाइदा पुगेको छ ।

यदि लकडाउन नभएको भए यो समयसम्म कैयन् फिल्मको काम सकिएको हुन्थ्यो । कति फिल्म रिलिज भएर पनि घाटामा पुगिसकेका हुन्थे ।

यद्यपि फिल्म क्षेत्रलाई चलायमान बनाउन फिल्म निर्माण गर्नुपर्ने नै हुन्छ । अब फिल्मको बजार पहिलेभन्दा झनै खस्किएको छ । यसै पनि फ्लप हुने फिल्मलाई अब लगानी उठाउन झनै गाह्रो पर्ने देखिन्छ ।

अब निर्माण हुने फिल्म कस्ता बन्नेछन् र भोलि निर्माता गतवर्षझैं मारमा पर्नेछन् या नेपाली फिल्मले दर्शक बटुल्नेछन्, त्यसका लागि भने अझै केही समय कुर्नुपर्ने छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ११ : १७ बजे

सोलुखुम्बुमा कांग्रेस उम्मेदवार निर्वाचित

सोलुखुम्बु– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोलुखुम्बुबाट नेपाली कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित

रौतहट–२ बाट कांग्रेस उम्मेदवार आलम निर्वाचित

रौतहट– रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार डा.

जताततै घण्टी बज्दा ठुला दलमा ‘हाइभोल्टेज’को झड्का : प्रचण्डबाहेक सबै नेता पराजित

काठमाडौँ – जेनजी आन्दोलनपछि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभर

भोजपुरमा माटो चिह्नका उम्मेदवार अगाडि

भोजपुर– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम आउने

समानुपातिकमा पनि रास्वपा ठूलो अन्तरले अगाडि, कुन दलको मत कति ?

काठमाडौँ– प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फको मतगणना पनि जारी रहेको छ