बोक्साको आरोप लगाउने ६ जना पक्राउ « Khabarhub

बोक्साको आरोप लगाउने ६ जना पक्राउ


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- बोक्साको आरोप लगाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका-५ हात्तिदमारकी ३० वर्षीया हरिमाया वाइवा, २३ वर्षीय शुकबहादुर वाइवा, ५० वर्षीया फूलमाया वाइवा, २६ वर्षीया रजिनामाया वाइवा, २४ वर्षीय लाल भनिने तासिङ लामा र काभ्रे धुलिखेल नगरपालिका-८ का २२ वर्षीय सुरेन्द्र तामाङ वाइवा छन् ।

सोही ठाउँ बस्ने लक्ष्मण बम्जनलाई बोक्सा भन्दै हातपात गरेको प्राप्त उजुरीका आधारमा उनीहरुलाई यही भदौ ७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामहादुर खत्रीले बताए ।

पक्राउ परेका सबैलाई जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरी बोक्सीको आरोप लगाइएको मुद्दामा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ११ : ५६ बजे

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली