सलमान खानले ‘राधे’ को छायांकन नथाल्नुको कारण « Khabarhub

सलमान खानले ‘राधे’ को छायांकन नथाल्नुको कारण


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – लामो समय थलिएको भारतीय सिनेमा उद्योग पुनः उठ्न थालेको छ । भारतमा कोरोना भाइरसको संक्रमण रोकिएको छैन । तर, अब बलिउड पुनः आफ्नै लयमा फर्कने प्रयास गरिररहेको छ ।

भारतमा फिल्म र टिभी सिरियल छायांकनको इजाजत दिइएको छ । यद्यपि सरकारको गाइडलाइन भने सबैले मान्नुपर्ने छ ।

फिल्मका लागि छायांकन खुला गरिए पनि थोरै फिल्म मात्र छायांकनका लागि निस्केका छन् । अक्षय कुमार ‘बेलबटम’ को छायांकनका लागि लण्डन पुगेका छन् भने आमिर खान ‘लालसिंह चड्ढा’को छायांकनका लागि टर्की पुगेका छन् ।

तर, सलमान खानले भने फिल्म छायांकनमा चासो देखाएका छैनन् । जबकि, उनको फिल्म ‘राधे’ को छायांकनको त शूटिङ धेरै बाँकी छैन ।

सलमानले फिल्म छायांकन नगर्नुको कारण आफूले अहिले जोखिम मोल्न नचाहेको बताइएको छ । उनी अहिले तत्काल आफ्नो र क्रु मेम्बरले कुनै पनि जोखिम नमोलून् भन्ने चाहेको मिडियाले उल्लेख गरेका छन् ।

सलमान खान कोरोना भाइरसले सिर्जना गरेको यो परिस्थिति सामान्य भएपछि मात्र काममा फर्किने योजना बनाइरहेका छन् ।

सलमानले आफ्नो फिल्म ओटीटीमा रिलिज नगरेर हलमै रिलिज होस् भन्ने पनि चाहिरहेका छन् । यसकारण पनि उनी अवस्था सामान्य नहुञ्जेल फिल्मको छायांकन नगर्ने सोच बनाएका छन् ।

सम्भवतः सलमान खानको फिल्म ‘राधे’ सन् २०२१ मा रिलिज हुनेछ । फिल्मलाई प्रभु देवाले निर्देशन गरिरहेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  १२ : ५० बजे

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई