सलमान खानले ‘राधे’ को छायांकन नथाल्नुको कारण « Khabarhub

सलमान खानले ‘राधे’ को छायांकन नथाल्नुको कारण


९ भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – लामो समय थलिएको भारतीय सिनेमा उद्योग पुनः उठ्न थालेको छ । भारतमा कोरोना भाइरसको संक्रमण रोकिएको छैन । तर, अब बलिउड पुनः आफ्नै लयमा फर्कने प्रयास गरिररहेको छ ।

भारतमा फिल्म र टिभी सिरियल छायांकनको इजाजत दिइएको छ । यद्यपि सरकारको गाइडलाइन भने सबैले मान्नुपर्ने छ ।

फिल्मका लागि छायांकन खुला गरिए पनि थोरै फिल्म मात्र छायांकनका लागि निस्केका छन् । अक्षय कुमार ‘बेलबटम’ को छायांकनका लागि लण्डन पुगेका छन् भने आमिर खान ‘लालसिंह चड्ढा’को छायांकनका लागि टर्की पुगेका छन् ।

तर, सलमान खानले भने फिल्म छायांकनमा चासो देखाएका छैनन् । जबकि, उनको फिल्म ‘राधे’ को छायांकनको त शूटिङ धेरै बाँकी छैन ।

सलमानले फिल्म छायांकन नगर्नुको कारण आफूले अहिले जोखिम मोल्न नचाहेको बताइएको छ । उनी अहिले तत्काल आफ्नो र क्रु मेम्बरले कुनै पनि जोखिम नमोलून् भन्ने चाहेको मिडियाले उल्लेख गरेका छन् ।

सलमान खान कोरोना भाइरसले सिर्जना गरेको यो परिस्थिति सामान्य भएपछि मात्र काममा फर्किने योजना बनाइरहेका छन् ।

सलमानले आफ्नो फिल्म ओटीटीमा रिलिज नगरेर हलमै रिलिज होस् भन्ने पनि चाहिरहेका छन् । यसकारण पनि उनी अवस्था सामान्य नहुञ्जेल फिल्मको छायांकन नगर्ने सोच बनाएका छन् ।

सम्भवतः सलमान खानको फिल्म ‘राधे’ सन् २०२१ मा रिलिज हुनेछ । फिल्मलाई प्रभु देवाले निर्देशन गरिरहेका छन् ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  १२ : ५० बजे

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल